Page added on March 25, 2012

Email this to a friendEmail This Post Email This Post                     

अमेरिकामा सिद्धिचरण, भीमनिधि र काशिवहादुरको जन्मशताव्दि सम्पन्न

अमेरिकामा सिद्धिचरण, भीमनिधि र काशिवहादुरको जन्मशताव्दि सम्पन्न thumbnail

२४ मार्च, भर्जिनिया, अमेरिका
नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ तथा काशिवहादुर श्रेष्ठको जन्म शताव्दिको अवसरमा तिनले नेपाली वाड०्मयलाई पुर्याएको चर्चा गर्दै एक समारोहकावीच श्रद्धा अर्पण गरियो ।
विगत ६ वर्षदेखि वाशिंटन डिसीवाट नियमित प्रकाशन भैरहेको नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विदेशमा यसरी भाषा साहित्यका धरोहरहरुको सम्झनामा काम हुनु प्रशंशनिय कार्य भएको वताउनु भयो । उहाँले अमेरिकामा साहित्यिक कार्यक्रमहरु तुलनात्मक रुपले वढी हुने गरेको वताउनु हुँदै यो निरन्तरता कायम रहोस् भनी शुभकामना दिनुभयो ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले २० वर्षअघि कुनै साहित्यिक कार्यक्रम गर्न अनेक उपायले मानिस जुटाउनु पर्ने अवस्था थियो भने आज स्वतस्फूर्त रुपमा यस्ता कार्यक्रमहुन थालेको चर्चा गर्नु भयो ।
कार्यक्रममा वोष्टनवाट आउनु भएकी भारती गौतमले भीमनिधि तिवारीको साहित्यिक योगदानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली वाड०्मयमा विभिन्न विधाका कृतिहरुले योगदान दिएको वताउनु भयो ।
कोलोराडोवाट कार्यपत्र प्रस्तुतिका लागि आउनु भएका ज्ञानेन्द्र गदालले काशिवहादुर श्रेष्ठको योगदानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै काशिवहादुर श्रेष्ठले भारतको काशीमा जन्मेर पनि नेपाली वाड०्मयमा लेखन, सम्पादन तथा पत्रिका प्रकाशनको माध्यमवाट पुर्याउनु भएको योगदान प्रवासका नेपालीहरुका लागि प्रेरणादायी दृष्टान्त भएको वताउनु भयो ।
युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यिक योगदानको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै भर्जिनियाका वसन्त श्रेष्ठले क्रान्ति विना शान्ति हुँदैन जस्ता अभिव्यक्ति दिए वापत जेल जाने कवि सिद्धिचरणले नेपाली वाड०्मयको क्षेत्रमा कविता र गद्यमा योदान दिनु भएको विषयमा चर्चा गर्नु भयो ।
डिसी मेट्रो क्षेत्रका संघसंस्थाहरुका तर्फवाट वाल्टिमोरको संस्था वानाका अध्यक्ष विजय श्रेष्ठले शुभकामना मन्तव्य दिंदै पेन्सिलभेनिया तथा मेरिल्याण्डका लागि अवैतनिक महावाणिज्यदूत लोक गायक प्रेमराजा महतको शुभकामना सन्देस पनि ल्याएको वताउनु भयो ।
साहित्यकार तथा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा उहाँले नेपाली अक्षरलाई नेपालीको घर दैलोमा पुर्याउने उद्देश्यकासाथ संचालन गरिएको विश्वपरिक्रमाले नेपाली वाड०्मयका यस्ता महान प्रतिभाको चर्चा गरेर नयाँ पुस्तालाई सन्देश दिन खोजेको वताउँदै आगामि दिनमा पनि यस्तै कार्यक्रको निरन्तरता दिने वताउनु भयो ।
कार्यक्रमको सञ्चालन रोचक ढँगले आनन्दु लामाले गर्नु भएको थियो ।

Share


Comments are closed.


थप समाचार

Donec cursus

Donec cursus
Lorem ipsum dolor sit amet ipsum.

Sit ante dos

Sit ante dos
Curabitur ante ipsum gravida sit.

Lorem ipsum

Lorem ipsum
Sed imperdiet ipsum vulputate.



यूट्यूव संगीत

थप अरु समाचार

एटलाण्टामा नेपालीको हत्या thumbnail एटलाण्टामा नेपालीको हत्या

१० जनवरी एटलाण्टा जर्जिया जर्जिया राज्यको डेक्वाव काउण्टीमा अवस्थित वीपी ग्यास स्टेश्नमा कार्यरत दामोदर पाठक लुटेराको गोलीवाट मारिएका छन् । यो गोलीकाण्ड ९ जनवरी राती साँढे एघार वजेतिर भएको थियो । पाठकलाई छातीमा गोली लागेको जनाइएकोछ गोली लागेका पाठकलाई स्थानिय अस्पताल पुर्याउँदा उनको निधन भैसकेको थियो । स्व। पाठक विगत ४ वर्षदेखि सो ग्याँस स्टेशनमा […]

Share

विविध समाचार

वाल्टिमोरमा मेलमिलाप दिवस thumbnail वाल्टिमोरमा मेलमिलाप दिवस

पाठकलाई रोजीरोजी किताब

पाठकलाई रोजीरोजी किताब बर्दियाबाट काम विशेषले काठमाडौं आएका वैभव ज्ञवालीलाई यो पटकको काठमाडौं आगमन \'पशुपतिको जात्रा सिद्राको व्यापार\' जस्तै भएको छ। बर्दियाको सरकारी स्कुलका विज्ञान विषयका शिक्षक वैभव काठमाडौंबाट फर्किंदा विज्ञान विषयका केही किताब लिएर जान चाहन्थे। कुन–कुन किताब लिएर जाने भनेर मेसो नपाएका वैभवलाई साझाले मंगलबारदेखि थालेको बृहद् पुस्तक प्रदर्शनीले सजिलो बनाइदियो।

जनता भोट हाल्न आतुर छन्

जनता भोट हाल्न आतुर छन् हामी कुनै पार्टीका प्रतिनिधि होइनौं। चन्द्रमाबाट मान्छे ल्याउन सकिँदैन। नियुक्त गर्दा नेपाली नै नियुक्त गर्नुपर्ने हुन्छ। न तपाईंले बालाजु यन्त्रशालामा बनाएको मान्छे ल्याएर आयुक्त बनाउन सक्नुहुन्छ। नेपालभित्रैबाट ल्याएको मान्छेले कसैलाई भोट हाल्लान् तर कुनै पार्टीको सदस्य भएको मान्छे निर्वाचन आयुक्त भएको जस्तो मलाई लाग्दैन। वास्तवमा निष्पक्षता भनेको उसको व्यवहारबाटै हेर्नुपर्छ।

समाचारहरु