
![]() |
Page added on November 15, 2011
१२ नोभेम्वर फल्स चर्च भर्जिनिया ।
विगत ५ वर्षदेखि नियमितरुपमा प्रकाशित हुँदै आएको पाक्षिक नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा दशैं तिहारको शुभकामना सहित साँस्कृतिक साँझ सम्पन्न भयो ।
कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्यहरु वाद्यवादन तथा अमेरिकी संगीत नृत्यहरु समावेश गरिएका थिए ।
कार्यक्रममा अनुपमा प्रसाई श्रेयस्का दाहाल श्रीतिका दाहालसहित वाल कलाकारहरु साकार वुढाथोकी पियुष वुढाथोकी उपाँशु गौतम कात्यायनी शर्मा स्वीकृति दाहाल अनु सँग्रौला रीत सँग्रौला मनस्वी कोइराला खुशी कँडेल दीप्ता पोखरेल कृति शर्मा तथा लोकेश तिवारी समेतको टोलीले प्रस्तुत गरेको नृत्यले तिहारको सम्झना गराएको थियो ।त्यस्तै ख्यातिप्राप्त नायिका सारंगा श्रेष्ठ लुना श्रेष्ठ तथा नविन केसीको टप्पा नृत्यले दर्शकहरुलाई लट्ठ पार्न सफल भएको थियो । त्यस्तै श्रेयस्का दाहाल तथा श्रीतिका दाहालको नृत्य श्याम खड्गी तथा गीता सुवेदीका नृत्य सुकृति सिलवालको नृत्य यज्ञमान शाक्यको नृत्य थप आकर्षण थिए ।
त्यसैगरी गायनतर्फ राम प्रसाद खनाल श्याम गुरुँग तथा शान्ति भण्डारी गुरुँग अरविन केसी मीना राई आस्था श्रेष्ठ कुमारी लामा निशान रंजित थप आकर्षण रहेका थिए ।
कार्यक्रमको शुरुमा तारा लिनहार्ट तथा लिन हेलीले माउण्टेन म्युजिक प्रस्तुत गरेका थिए भने कार्यक्रमको अन्तमा फिल थ्रोनले प्रस्तुत गरेको नृत्यले सवभन्दा वढी वाहवाही वटुल्न सफल भएको थियो ।
सदावहार कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा सुनिता सन्ज्यालकॊ उद्घोषण रोचक रहेको थियो ।
सोही कार्यक्रममा ख्यातिप्राप्त लेखिका तथा गायिका चन्द्रकला नेवारको सम्मान समेत गरियो । कार्यक्रममा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणा तथा प्रमुख अतिथि नेपाली राजदूत डा। शंकर प्रसाद शर्मालेफूलको माला पहिराउनु भएको थियो भने वानाका अध्यक्ष विजय श्रेष्ठले खादा पहिराउनु भएको थियो तथा वरिष्ठ समाजसेवी वाल्टिमोरवासी गणेश मलेगुले उपहार प्रदान गर्नु भएपछि प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले सम्मानपत्रपढेर सुनाउनु भएको थियो र राजदूत डा। शर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
सम्मानपत्र प्रदान गरिसकेपछि संक्षिप्त मन्तव्य दिंदै राजदूत डा। शर्माले विश्वपरिक्रमाले नेपाली समुदायमा पुर् याउँदै आएकोयोगदानको चर्चा गर्दै यौटा सुपात्रलाई सम्मान गरेकोमा सह्राहना गर्नु भयो ।
सम्मानपत्र ग्रहणगरिसकेपछि चन्द्रकला नेवारले आफूले २० वर्षअघि नेपालमा चिनेको गोविन्द गिरी प्रेरणाले अमेरिकामा पनि आफ्नो सिर्जनशिल लेखनका साथै पत्रकारितामा लागेको देख्दा खुसी लागेको वताउँदै सम्मानको लागि चयन गरेकोमा धन्यवाद दिनु भयो र यौटा गीत समेत प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा डिसी मेरिल्याण्ड तथा भर्जिनियाका दर्शकहरु रहनु भएको थियो ।
सो कार्यक्रममा भर्खरै सकिएको तिहारको सम्झनास्वरुप गरिएको भैली गीतवाट २३१ डलर संकलन भएकोमा वालवालिकाको हितका लागि समाजसेवी प्रेम संग्रौलालाई अनुपमा प्रसाईंले हस्तान्तरण गर्नु भएको थियो ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु