
![]() |
Page added on October 22, 2011
२२ अक्टोवर लोर्टन भर्जिनिया
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल अहिले
सुगौली सन्धीपछिको नेपालको संकटपूर्ण अवस्थापछि सर्वाधिक संकटमा रहेको वताएका छन् ।
उनको भनाई थियो सुगौली सन्धी पछि नेपालले एक तिहाई जमिन गुमाउनु परे पनि
सार्वभौमिकतामा खतरा थिएन तर अहिले देशको अस्तित्व संकटमा छ ।
अध्यक्ष कमल
थापाले उक्त कुरा एएनएसको आयोजनामा भएको अन्तरकृयामा वताएका हुन् ।
उनले भने देश
अहिले उग्रवामपन्थी र प्रजातन्त्रको आवरणमा अधिनायकवादीको हातमा पुगको छ । माओवादी
शान्ति प्रकृयामा आउनु ठीक भएको तर वाटो गलत भएको संसारमा कतै नभएको सरकारी सेना र
विद्रोही सेना सरकारले उत्तिकै मान्यताका आधारमा पालेको वताए ।
नेपालको अहिलेको
राजनैतिक यात्रा काठमाडौंवाट काँकडभिट्टा गन्तव्य वनाएर िहंडेको तर महेन्द्रनगर
पुगेको वताउँदै धतुरोको वोटमा आँप नफल्ने दृष्टान्त िदंदै उनले भने सर्वाेच्चले
राष्ट्रहित विपरित भनेको नागरिकता ऐन लागु गरेर २० लाख विदेशीलाई नेपाली नागरिता
वाँडेपछि वीरगंजलाई राजधानी वनाउने भन्दै अलग राज्य वनाउने कुरा उठ्न थालेको र
रक्षा मन्त्रीको पदमा वसेर देश टुक्र्याउने अभिव्यक्ति आउन थालेको वताए ।
आजको
राष्ट्रिय संकटको समाधानका लागि राप्रपासँग वैकल्पिक समाधान रहेको वताउँदै उनले भने
विलम्व नगरी संविधान सभा भँग गरी ताजा जनादेशमा जानुपर्ने राजा सहितको प्रजातन्त्र
जहाँ राजादेखि माओवादीसम्म अटाउँछन् त्यस्तो व्यवस्था हुनुपर्ने सर्वधर्म समभाव
पूर्ण सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थानिय स्वायत्त शासन तथा वजारमुखी खुला
अर्थतन्त्र ती विकल्प हुन सक्छन् ।
नेपालमा नेपाली काँग्रेस प्रजातन्त्रका लागि
२००७ सालदेखि लडेको पार्टी भएकाले नेपाली जनताले पटकपटक शासनका लागि अवसर दिएको तर
नेपाली काँग्रेसले वीपीको विचार त्यागेपछि सुवर्ण शम्शेरको विचार त्यागेपछि गणेशमान
कृष्णप्रसाद भट्टराईलाई पाखा लगाएपछि जनताले नेपाली काँग्रेशलाई पाखा लगाइदिएको
उल्लेख गरे । उनको भनाई थियो जव काँग्रेशले माओवादीको एजेण्डा वोक्यो जनताले
त्यसपछि काँग्रेशलाई भोट दिएनन् ।
वीपीले राजासहितको प्रजातन्त्रलाई मूल मन्त्र
वनाएका थिए नेपाली काँग्रेशले त्यसलाई रछ्यानमा लगेर फ्याँक्यो राप्रपा नेपालले
रछ्यानवाट त्यसलाई उठाएर काँधमा वोकेको छ ।
राजा र प्रजातन्त्र परस्पर विरोधी
नभएको दृष्टान्त विश्वका विभिन्न मुलुक रहेको वताउँदै उनले कति राष्ट्रमा पच्चीसौं
वर्षपछि पनि राजतन्त्र फर्केको उदाहरण प्रस्तुत गरे ।
अध्यक्ष थापाले
कार्यक्रमको शुरु अन्त्य तथा पटकपटक दल र विचारभन्दा माथि उठेर राष्ट्रवादी नेपाली
भएर सोच्न आग्रह गरेका थिए ।
त्यसपछि सभामा उपस्थित तथा अमेरिकाका विभिन्न
स्थानवाट टेलिफोन मार्फत सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु