Page added on August 31, 2011

Email this to a friendEmail This Post Email This Post                     

भूल्ने पो हो कि चलचित्रको शुभारम्भ

भूल्ने पो हो कि चलचित्रको शुभारम्भ thumbnail

गाउबस्ती छोडेर सात समुन्द्र पारी अमेरिका आइपुगेका विभिन्न समुदाय मध्ये भुटानी शारणार्थी समुदायको पनि आफनै कथा छ । त्यही भुटानी शारणार्थी समुदायभित्र गाउबस्तीको माया प्रेम, मौलिक कला, सस्कृति र देश परदेशको कथाव्याथा अब चलचित्रमा उतादैछन । यही कथा बस्तुलाई अब जीवन ज्योति इन्टरटेनमेन्टको व्यानरले पर्दामा उतार्ने भएको छ । नेपालको भुटानी शारणार्थी शिविरदेखि अमेरिकाकासम्म आइपुगेका भुटानीहरुको कथा समेटन लागेको ‘ भुल्ने पो हो की ‘ चलचित्र अब छायाङकनको तयारीमा रहेका छन । आगामी चार महिनाभित्रमा बनाइसक्ने सोचका साथ बन्न लागेको उक्त चलचित्रको शुभमुहर्त आइतबार बेलुका एटलान्टमा भएको थियो । मुहुर्त समारोहमा अर्गनाइजेसन अफ भुटानीज कम्युनिटिज इन अमेरिकाका अध्यक्ष lडजे खालिङले व्यानर झिकेर उदघाटन गर्नका साथै दिपप्रज्वलन गरेका थिए गायक यम बरालले नरिवल फुटाएका थिए । त्यस्तै शुभ मुर्हत सटको क्लाप हान्नेमा विएम राई, एक्सन कट भन्नेमा सन्तोष रामधान र मुहुत सुटको क्यामरा चलाउनेमा व्यवसायी दिलिप दाहाल थिए । उक्त अवसरमा चलचित्रका कलाकारहरु अनिस थापा, सोमु थापा र टंक न्योपानेले मुहर्तको अभिनय गरेका थिए भने भुटानी समुदायका चर्चित गायक बुद्धिराज राईले स्वागत गीत गाएका थिए ।

निर्माता टेक बहादुर सार्कीको लगानी तथा अनिस थापाको पटकथा र निर्देशनमा बन्न लागेको यो चलचित्र भुटानीज नेपाली भाषामा विदेशी भुमीमा छायाङकन हुन लागेको यो पहिलो चलचित्र हो । करिब ५० हजार डलर भन्दा बढि लगानीमा निर्माण हुने यो चलचित्र तयारी हुन चार महिनासम्म लाग्ने जानकारी चलचित्रका सल्लाहकार तथा सिनेमाटोग्राफर टसि हिमग्याप लामाले दिए । चलचित्रमा महेस खडकाको संगीत र शेखर ढुङगेलको गीतमा गायककारहरु अन्जु पन्त र स्वरुप राज आचार्य लगायतका गायकहरुले गाएका चार वटा गीत समाबेस गरेका छन । कलाकारहरु अनिस थापा, सोमु थापा, टंक न्योपाने, पियांक कार्की र अमेरिकन कलाकार एन्थोनी ल्यामबाडो छन ।
कार्यक्रममा गायक यम बरालले चलचित्रमा सयौ गीत गाउने मौका पाएपनि शुभमुहर्तमा पहिलो पटक भाग लिन पाएकोमा खुसी व्यक्त गरेका थिए । त्यसैगरि सन्तोष रामधानले भुटानमा चार व्याण्डको रेडियो लिनका लागी सरकारबाट लाइसेनस लिन परेकेा दुखेसो पोख्दै यो चलचित्रसंगै अब भुटानी समुदायमा राजेश हमाल, करिस्मा र तुलसी घिमिरे जस्ता कलाकार जन्माउनु पर्ने बताए । त्यस्तै कलाकार टंक न्यापानेले भुटानी शारणार्थी शिविरमा नाटक खेल्दा धुलो उडेर जति विरामी भएपनि कलाकारितालाई निरन्तरता दिदै आएको अनुभव सुनाए । व्यवसायी दिलिप दाहालले चलचित्रको नाम अतिनै यर्थाता भएकोले यसले समुदायलाई फाइदा पुर्‍याउने बताए । त्यस्तै विएम राईले यस्तो प्रोजेक्ट मार्फत समुदायलाई अघि बडनमा सहयोग पुर्‍याउने धारण राखेका थिए । भुटानीज आर्टिस इन जोर्जियाका प्रतिनिधि राम गुरुङले हामी विदेशमा आएपनि यो चलचित्र मार्फत हाम्रो इतिहासलाई जिवित राख्नमा मद्धत मिलोस भनेका थिए । त्यसैगरि नेपालीज सस्थाहरुको तर्फबाट धन तिमिल्सिनाले हामी टाडा विदेशमा आएपनि नेपाली र भुटानीज शारणार्थी एकै परिवारका भएकाले आपसमा सहयोगको भावना राख्नुपर्छ । अर्का भुटानी कलाकार अगाम गुरुङले यो चलचित्रमा सवैको सहयोग भएमा अतिनै राम्रो हुने धारण व्यक्त गरेका थिए । उनले आफनो गाउठाउ छोडेर आउदा सवै कला सस्कृति विर्सने पो होला भनी डर लागेपनि अमेरिकामा आएपछि आफनो कला सस्कृतिलाई माया गर्न अवसर पाउदा खुसी लागेको बताए । त्यस्तै चलचित्रको सल्लाहकार, कोरियोग्राफर तथा सिनेमाटोग्राफर हिमग्याप लामा ट.सिले भुटानी शारणार्थीको यो पहिलो चलचित्र आफैमा रोचक भएकोले आफुलाई पनि काम गर्न खुसी लागेको बताए । तेसै गरी फाइट/मेक अपमा बिनोद मगर अनी कार्यकरी निर्माता मोनी कुमार मगर र ट’क बहादुर मगर रहेक छन ।
उनले भने- ‘ कलाकारिताभित्र एक किसिमको शक्ति हुने भएकाले कलाकारभित्र पनि lप्रेha{, प्रोमोसन र प्रायक्टिस अनिवार्य हुनुपर्ने बताए । अर्गनाइजेसन अफ भुटानीज कम्युनिटिज इन अमेरिकाका अध्यक्ष lडजे खालिङले गरिब भुटानीहरु पुजीवादी अमेरिकी समाजमा प्रबेश गरिरहेको यो अवस्थामा अब चुनौतिहरुलाई पार गदै अघि बडनुपर्ने सल्लाह दिए । अमेरिकी यो समुदायमा बनाउन लागेको यो चलचित्रको युनिटलाई म स्यालुट गर्छु अध्यक्ष खालिङले भने – ‘ भुटानी समुदायमा आइरहेको विकृति विसंगतिलाई पनि चलचित्र मार्फत बाहिर ल्याउनमा महत्वपुर्ण योगदान पुग्नेछ ‘ । कार्यक्रम एटलान्टाको क्लासटोन शहरस्थित काठमाडु किचन एण्ड गि्रल रेष्टुरेन्टमा भएको थियो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु