Page added on July 14, 2011

Email this to a friendEmail This Post Email This Post                     

नेपाल ककसको औपचारिक शुभारम्भ

नेपाल ककसको औपचारिक शुभारम्भ thumbnail

१३ जुलाई वािशंटन डिसी
अमेरिकी कँग्रेशका सदस्यहरुको नेपाल सरोकार समूह द कँग्रेशनल नेपाल ककसको क्यापिटल हिलमा संसदभवनको एक कार्यकक्षमा औपचारिक शुभारम्भ भयो ।
सो शुभारम्भ समारोहलाई सहअध्यक्षहरु कँग्रेशम्यान एण्डर क्रेनश तथा जारेड पोलिस तथा अमेरिकाका लागि नेपालका राजदूत डा। शंकरप्रसाद शर्माले सम्वोधन गर्नु भएको थियो ।
विश्वपरिक्रमासँग कुरा गर्दे कँग्रेशम्यान जारडले आफू नेपाल नगए पनि कोलोराडो आफ्नो क्षेत्र नेपालजस्तै भएकोले तथा नेपाली संस्कृतिसँग परिचित भएकाले यो ककस मार्फत अरु कँग्रेशम्यानहरुलाई नेपालको महत्वको वारेमा जानकारी गराउन सहज भएको वताउनु भयो ।
त्यसैगरी कँग्रेशम्यान एण्डर क्रेनशले विश्वपकि्रमालाई वताउनु भयो नेपाल म सन् २००६ मा गएको थिएँ र राजतन्त्र उन्मुलन भएको माओवादीहरु संसदतिर आएको वेला थियो । नेपाल सुन्दर देश हो र ककसमार्फत त्यो सुन्दरतालाई फैलाउने काम गर्न सकिने वताउनु भयो ।
राजदूत डा। शर्माले ककसको शुभारम्भले नेपाललाई अमेरिकाले पुर्याउन सक्ने विविध योगदानलाई नयाँ दिशा दिने आशा व्यक्त गर्नु भयो ।
सो अवसरमा डिसी मेट्रो क्षेत्र फ्लोरिडा कोलोराडो लगायतका ठाउँका नेपालीहरु तथा विभिन्न राज्यका कँग्रेशम्यानहरुको उपस्थिति रहेको थियो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु