
![]() |
Page added on July 2, 2011
वासिङ्टन डिसी, असार १७ ।
एसोसिएन अफ नेपलिज ईन अमेरिका (एएनए)को २९ औं सम्मेलन शुक्रबारदेखि विधिवतरुपमा शुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले स्थानीय मेरियट होटलमा एक भव्य समारोहवीच सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
पहिलो दिन नै अमेरिकाको ५० राज्य तथा क्यानाडाबाट गरी १ हजार ५० जनाले रजिस्ट्रेसन गराइसक्नुभएको छ । यसमा थप सदस्य आउने क्रम जारी छ । सम्मेलनको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा थप ७ सयको सहभागिता रहेको छ ।
उत्तर अमेरिकामा बसोवास गर्दै आएका नेपालीहरुको सबैभन्दा पुरानो संगठन एएनएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत शर्माले नेपाली डायस्पोराले एकजुट भएर नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो । ‘एकताले अमेरिकामा रहेका नेपालीहरुलाई नेपालको पर्यटन, व्यापार र लगानी प्रोत्साहित गर्न सघाउ पु¥याउनेछ’ शर्माले भन्नुभयो । यस्ता कार्यक्रमले नेपाल र अमेरिका दुवै ठाउमा महत्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा उहा“ले जोड दिनुभयो । नेपाल र अमेरिकावीचको सहयोग अभिबृद्धि हुदै गएको बताउ“दै उहा“ले ७ बर्ष अघि बन्द भएको पिस कोर भोलिन्टियर छिटै शुरु हुने जानकारी समेत दिनुभयो । नेपालमा दैवी प्रकोप उद्दारका लागि अमेरिकी सरकारबाट ठूलो सहयोग प्राप्त हुन लागेको उहाले बताउनुभयो ।
आयोजकहरुले सम्मेलनलाई भेटघाट, मनोरन्जन, विचार विमर्श र राष्ट्रियताप्रतिको लगावको समिश्रणका रुपमा लिएको बताएका छन् । ‘एकता र आपसी समन्वय’ लाई मूल नारा बनाएको यसपटकको एएनएको उद्घाटन कार्यक्रममा वाणिज्यदुत एवम कलाकार प्रेमराजा महत, गायिका नलिना चित्रकार, खेम संग्रौला, न्हुन्छेमान डंगोल लगायतका कलाकारले नेपालको राष्ट्रिय गान गाएका थिए भने स्थानीय कलाकार आस्था श्रेष्ठले अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गर्नुभएको थियो ।
एएनए स्वतन्त्र कार्यदलका अध्यक्ष छेवाङ लामाले आपसी मनमुटाव बिर्सन सके नेपाली डायस्पोराले नेपाल र नेपालीहरुको हितमा धेरै काम गर्न सक्ने बताउनु भयो । सम्मेलन तयारी समितिका संयोजक हेमन्त श्रेष्ठले विविध कारणवश यसपटक तीन महिनाभित्र सम्मेलनको तयारी चुनौतीपुर्ण रुपमा पुरा भएको जानकारी दिनुभयो । कार्यक्रममा सभापतिको रुपमा एएनए अध्यक्ष सिमोन ढुङगानाले एएनएलाई समय सापेक्षिक परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो ।
यसपटक एएनएमा नौलो अध्यायको रुपमा ‘मीठो भेटघाट’ कार्यक्रम राखिएकोले युवा युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।
औपचारिक उद्घाटनपछि एएनएलाई संघीय प्रणालीमा लैजाने सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका विशेष आकर्षण हुनुहुन्थ्यो अमेरिकी संसदको तल्लो सदन कँग्रेसका उम्मेदवारी घोषणा गरेका दर्शन रौनियार । कार्यक्रममा एएनएलाई उत्तर अमेरिका र क्यानडामा विस्तार गर्न संस्थालाई संघीय स्वरुपमा लैजाने बारे छलफल भएको थियो । जुन छलफलबाट प्राप्त सुझावहरुलाई एएनए नेतृत्व समक्ष प्रस्तुत गरिनेछ ।
यसैगरी शुक्रवार नै नेपाली बाल बालिकाहरुलाई अमेरिकी मिडियामा कसरी अवसर दिलाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर मिडिया च्याट एण्ड मिडिया ट्य्राकको आयोजना गरिएको थियो ।
यसैगरी सिएनएनमा कार्यरत् जोन साञ्जालिकले पनि मिडिया अनुभव बारे चर्चा गर्नुभएको थियो । शुक्रवार नै साहित्यकार गोबिन्द गिरी प्रेरणाको संयोजकमा पुस्तक प्रर्दशनी गरियो । यसैगरी बालबच्चाहरुको किड्स क्याम्प,फुटबल,भलिबल,बास्केटबल लगायतका खेलकूद प्रतियोगिता,प्रतिभा प्रदर्शन र उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु