Page added on June 21, 2011

Email this to a friendEmail This Post Email This Post                     

राजा उपाध्याय प्रमुख निर्वाचन आयुक्तवाट हटाइएः एएनएको चुनाव एक महिना पछि सर्यो

राजा उपाध्याय प्रमुख निर्वाचन आयुक्तवाट हटाइएः एएनएको चुनाव एक महिना पछि सर्यो thumbnail

२१ जून वािशंटन डिसी
एएनएको आगामि कार्यकालका लागि निर्वाचन हेतु गठित निर्वाचन आयोगका अध्यक्षले समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष तथा अन्य सदस्यहरुको जानकारी वेगर चुनावी नतिजा निकालेपछि उत्पन्न नयाँ परिस्थितिमा चुनाव आयोगका उपाध्यक्ष तथा सदस्यहरुको वहुमतले स्पष्टिकरण माग गरेको थियो २४ घण्टे म्याद दिएर । यता चुनाव गराउने वोष्टन सम्मेलनको हिसाव किताव छिनोफानो गराउने तथा डिसी सम्मेलन सम्पन्न गराउने जिम्मेवारी पाएको स्वतन्त्र कार्यदलका अध्यक्षले राजा उपाध्यायलाई निर्वाचन आयोगको अध्यक्ष पदवाट सस्पेण्ड गरेका छन् ।
विशेष सूत्रका अनुसार राजाको इमेल अमेरिकावाटै पठाइएको थियो जवकी राजा त्यतिखेर अमेरिका वाहिर थिए तर पनि उनले त्यो इमेल आफैंले पठाएको दावी गर्दै आएका छन् ।
अध्यक्ष पदमा धीरेन गुरुँग एच वी भण्डारी तथा प्रल्हाद केसीको उम्मेदवारी परेको थियो तर राजाले प्रल्हाद केसीलाई निर्विरोध घोषणा गरेका थिए । त्यस्तै गत निर्वाचनमा वर्तमान अध्यक्ष सिमोन ढुँगानासँग अध्यक्ष पदमा पराजित उम्मेदवार रोजर अधिकारीलाई राजाले निर्विरोध उपाध्यक्ष घोषणा गरेका थिए । त्यस्तै महासचिवमा राधा वस्नेत कोषाध्यक्षमा डा। गम्भिर श्रेष्ठ सूचना निर्देशकमा डा। तुलसी जोशी निर्विरोध घोषणा गरेका थिए ।
त्यसको लगत्तै ८ जना पूर्व अध्यक्षहरुले नयाँ कार्य समतिलाई वधाई िदंदै राजालाई धन्यवाद दिएका थिए । त्यसरी वधाई दिनेहरुमा डा। हरि शर्मा डा। कमल पाठक डा।sुाजर शर्मा डा। अमर गिरी प्रमोद शर्मा कुष्ण निरौला अमृत तुलाधर तथा नवीन दत्त थिए ।
उनीहरुले राजा उपाध्याय एक्लै सर्व सम्पन्न चुनाव अधिकृत भएका तथा अन्य सवै आवश्यक पर्दा सहयोग गर्ने सहयोगी मात्र भएको भन्दै राजाको एकल निर्णयको पक्षमा समर्थन जनाएका थिए तर निर्वाचन समितिमा मनोनयन गर्दा यस्तो नजनाइएको र यो हुनै नसक्ने भनी निर्वाचन आयोगका वहुमतले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका थिए ।
यो प्रकरणले एएनएको विवाद समाप्त नहुने देखिएको छ । त्यस्तै निर्विरोध निर्वाचित भनिएकाहरु एक महिनापछि हुने भनिएको निर्वाचनमा सहभागी हुने या अलग समूहमा रहने विकल्प देखिएको छ ।
गत सालको वोष्टन सम्मेलनको हिसाव किताव प्रस्तुत नभएपछि चुलिएको विवादले गर्दा एएनएले वर्षभरि कुनै कार्यक्रम गर्न सकेको देखिएको छैन भने सान फ्रा_िन्सस्कोमा घोषणा भएको नेपक्यान एवार्ड धरापमा परेको छ । पहिलोपल्ट संयुक्त रुपमा पुरस्कारका लागि घोषणा भएका रिड ग्लोवलकी संस्थापिका टोनी नुवर तथा सगरमाथा टिभीका संस्थापक संचालक राम खरेलले सो पुरस्कार पाएका छैनन् भने गत वर्ष वोष्टन सम्मेलनमा घोषणा हुनुपर्ने दोश्रो पुरस्कार समेत हालसम्म घोषणा भएको छैन । एक प्रकारले एएनए प्यारालाइज भएको छ र सवै मिलेर सहमतिमा जानुको साटो आफ्नै ढिपीमा वस्ने हठले एएनएको शाख अत्यन्त तल झरेको छ ।
त्यसका वावजूद एएनएको वार्षिक सम्मेलन गर्ने जिम्मा लिएको स्वतन्त्र कार्यदलले वनाएको सम्मेलन समितिले युद्धस्तरमा काम गरेर अत्यन्त छोटो समयमै सम्मेलन सफल वनाउन सवै तयारी पूरा गरेको छ । पर्यवेक्षकहरुको रायमा केही सीमित व्यक्तिको जुँगाको लडाईंले वर्षैंदेखि एएनएको सम्मेलनमा भाग लिन आउने सहभागीहरुलाई यसले केही फरक पार्दैन । सम्मेलन सफल हुन्छ ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु