
![]() |
Page added on June 30, 2011
विश्वपरिक्रमा विशेष सम्वाददाता
३० जून वािशंटन डिसी
एएनएको २९ औं कन्भेन्सनका लागि विभिन्न राज्य तथा यसै क्षेत्रका नेपालीहरुको आगमनले वेष्ट फिल्ड म्यारियोट होटल गुल्जार हुन थालेको छ ।
स्वयम् सेवकहरु आआफ्ना तोकिएका काममा दत्तचित्त भएर लागेका छन् र कतिपय थाकेर आएकाहरु सुस्ताउन लागेका देखिन्छन् ।
रजिष्ट्रेसनको प्रकृया शुरु भएको छ र रमाइलो साँझमा वातावरण रुपान्तरित हुन थालेको छ ।
यो त्यही होटेल हो जहाँ यसअघि पनि एएनएको कन्भेन्सन भएको थियो । होटल सुविधाजनक भएपनि नजिक नेपालीलाई मन पर्ने खाना नभएकाले अघिल्लोपटक अलिक खिन्नता भएकोमा यसपाली सवै सहभागीले नेपाली मीठो खाना होटलकै परिसरमा खान पाउने व्यवस्था मिलाइएको छ ।
भोलि औपचारिक रुपमा शुरु हुने र ३ मा सकिने यो २९औं सम्मेलन ऐतिहासिक हुने प्रष्ट भैसकेको छ । केही अहंकारी व्यक्तिहरुले सम्मेलनमा नआउने भने पनि सहभागीहरुको उत्साहमा कुनै कमी देखिएको छैन ।
समग्रमा भोलि शूरु हुने भए पनि आजै निकै रमाइलो चहलपहल शुरु भैसकेको छ ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु