Page added on May 28, 2011

Email this to a friendEmail This Post Email This Post                     

पेन्सीलभेनियामा बुद्ध जयन्ती

पेन्सीलभेनियामा बुद्ध जयन्ती thumbnail

मे १७, २०११ लाफायतहिल

शान्तिका प्रतिक गौतम बुद्धको २५५५औं जन्मजयन्ती अमेरिकाको पेनसलभनियाको लाफायतहिलमा मे १७ का दिन भव्यताका साथ मनाइयो । लामा गुरु लोक्टे लामाद्वारा विधिवत् रुपमा पूजाअर्चना गर्दै शुरु गरिएको सो कार्यक्रममा बुद्धका उपदेशहरुका साथै विभिन्न मन्त्रहरुको बारेमा जानकारी दिँदै यसको महत्वको बारेमा चर्चा गरिएको थियो ।
श्रीमती सुभाना श्रेष्ठले आयोजना गर्नुभएको उक्त कार्यक्रममा पेनसलभनिया सांस्कृतिक समाजका अध्यक्ष रञ्जित लामा लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु, समाजसेवी, व्यापारी, विद्यार्थीहरु लगायत उल्लेखनीय व्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लामा गुरुद्वारा केही समय ध्यानको अभ्यास गराउनुभएको थियो ।
समाजसेवी विनोद मोक्ताानले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको महत्व आजको युगमा झन् बढ्दै गएको बताउँदै बुद्धको बाटो पछयाउँदै सबै अगाडि बढ्ने हो भने संसार नै शान्तिमय हुने भावना व्यक्त गर्नुभयो ।
यस शहरमा पहिलो पटक बुद्धजयन्तीको कार्यक्रम आयोजना गर्नुभएकोमा र विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आउनुभएकोमा सांस्कृतिक समाजका अध्यक्ष श्री लामा लगायत उपस्थित सबैले श्रीमती श्रेष्ठलाई  धन्यवादका साथै खुशी व्यक्त गरेका थिए । स्मरणीय रहोस् हरेक वर्ष वैशाख शुक्त पूर्णिमाको दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।

हरिओम श्रेष्ठ
MORE PHOTOS:

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु