
![]() |
Page added on May 29, 2011
२७ मे वािशंटन डिसी
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा। शंकर प्रसाद शर्माले गणतन्त्र दिवसको अवसरमा आज मे २७ २०११ को साझ राजदूत निवासमा एक स्वागत कार्यक्रमको आयोजना गर्नुभयो ।
कार्यक्रममा आमन्त्रित उपस्थित अतिथिहरुलाई स्वागत गर्दै राजदूत डा। शर्माले गणतन्त्र दिवसको अवसरमा वहांहरु सवैलाई नेपाल सरकारको तर्फबाट राजदूतावासको तर्फबाट र वहांको आफ्नै तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभयो । राजदूतावासको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा आउनु भएकोमा अतिथिहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत डा। शर्माले ज्ञात अज्ञात सवै शहीदहरुप्रति हार्दिक श्रद्धााजली व्यक्त गर्नु भएको थियो । गणतान्त्रिक नेपालको संविधान निर्माण गरी गणतन्त्रको संस्थागत सुदृढीकरण गर्नका लागि सवैले आआफ्नो स्थानबाट योगदान पुर्याउनु पर्ने विचार ब्यक्त गर्दै राजदूत डा। शर्माले नयां संविधान लेखन कार्य छिटै पुरा हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा वािशंगटन डि।सी। र आसपासका रज्यरुमास्थित नेपाली समुदायद्वारा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु लव्ध प्रतिष्ठित नेपालीहरु साचारकर्मीहरु यहा अध्ययनरत नेपाली विद्यार्थीहरु तालिम तथा अन्य कामको सिलसिलामा वािशंगटनमा रहनुभएका नेपाल सरकारका कर्मचारीहरु विभिन्न ब्यबसायमा संलग्न नेपालीहरु ध्यचमि द्यबलप लगायत अन्य संस्थामा कार्यरत नेपाली नागरिकहरु साहित्यकार कलाकार एवं राजदूतावासका कर्मचारी र वहांहरुका परिवारहरु उपस्थित हुनुहुन्थ्यो ।
गणतन्त्र दिवसको अवसरमा २०६८ साल जेष्ठ १३ १४ र १५ गते तीन दिन सम्म राजदूतावासमा दिपावली समेत गरिने कार्यक्रम रहेको छ ।
More Photos:


























वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु