
![]() |
Page added on May 26, 2011
२२ मे वेष्ट हार्टफोर्ड कनेक्टिकट
नेप्लिज एशोसिएसन अफ कनेक्टिकटक आयोजनामा नेपाली नयाँ वर्ष २०६८ को उपलक्षमा एक समारोहको आयोजना गरी साँस्कृतिक कार्यक्रमसहित मनाइयो ।
संयुक्त राष्ट्र्र संघका लानि नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको शुरुमा संस्थाका उपाध्यक्ष घनश्याम खड्काले स्वागत भाषण गर्नु भएको थियो । अतिथि तथा आगन्तुकहरुको स्वागत गर्दै उहाँले संस्थाको संक्षिप्त गतिविधि प्रस्तुत गर्नुहुँदै संस्थाका सदस्य कुमार खड्काको निधनमा १४३०० डलर संकलन गरी उहाँको परिवारलाई सहयोग पुर्याइएको तथा जापानको सुनामी पीडितका लागि एनआरएन यूएसए मार्फत ३०० डलर तथा अमेरिकन रेडक्रस मार्फत् ३०० गरी ६०० डलर सहयोग पुर्याएको वताउनु हुँदै आगामि जुन १२ मा हुने साधारण सभावाट नयाँ कार्य समितिको निर्वाचन हुने वताउनु भयो ।
त्यसपछि नेपालको राष्ट्रि्रय गीत वजाइएको थियो ।
तत्पश्चात् समाजका जेष्ठ नागरिकहरु राजेन्द्र कनवर राधा कनवर भव सागर शर्मा ललितादेवी शर्मा तथा डम्वर वहादुर थापालाई प्रमुख अतिथिको हातवाट खादा ओढाई सम्मान गरिएको थियो भने संस्थाका आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रमुख अतिथिको हातवाट वितरण गरिएको थियो ।
त्यसैगरी समुदायमा योगदान पुर्याउने टेष्ट अफ इण्डिया राम चौधरी गोपाल पोखरेल तथा गणेश अर्याललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ज्ञानचन्द्र आचार्यले नयाँ वर्षको शुभकामना दिनु हुँदै यस्ता कार्यक्रमले नेपाल र नेपाली चिनाउन मद्दत पुर्याउने वताउनु हुँदै भन्नुभयो संसारभर छरिएका एक पटकका नेपाली सधैंका नेपाली हुन् भन्नुभयो ।
त्यसपछि विविध साँस्कृतिक कार्यक्रम शुरु भएको थियो ।
साँस्कृतिक कार्यक्रमको प्रमुख आकर्षण नेपालकी प्रख्यात गायिका नलिना चित्रकार हुनु हुन्थ्यो भने स्थानिय कलाकारहरु र छिमेकी राज्यका प्रतिभाहरुले पनि विविध गीत तथा नृत्यहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा भूटानी नेपालीअरुको पनि राम्रो उपस्थिति मात्र नभएर गीत तथा नृत्यमा समेत सहभागिता रहेको थियो ।
गीत तथा नृत्य प्रस्तुत गर्नु हुने कलाकारहरुमा लक्ष्मी वजगाईं अर्जुन दाहाल दीपक लामा पुजन पनेरु आकृति ज्ञवाली सुनिता दवाडी संस्कृति पाण्डे आकृति भट्टराई प्रकृति ढकाल श्रेया राई अनुरागी खड्का रोजिता मल्ल उत्सव थापा अभिषेक प्रधान जेनित राई जेनी योन्जन दीक्षा वजगाईं विनिता अधिकारी सुश्रषा लम्साल सिमरन आसुदानी शयस अधिकारी आकाश कनवर स्वरुप लम्साल सुरज पाण्डे ओसिन घिमिरे सफल महत क्षेत्रीमुना भण्डारी गृष्मा कुँवर ममता मल्ल महेस्वर पन्त अर्जुन दाहाल प्रणय शम्शेर राणा दीपक लामा गणेश पुन रोमी योाजन हुनुहुन्थ्यो ।
अर्जुन दाहालको हास्य व्यँग्य महेस्वर पन्तका गीतले दर्शकहरुलाई तानेको थियो ।
कार्यक्रममा जिविएनसी वोष्टनका अध्यक्ष ध्रुव घिमिरेएनएचएनसी न्यू ह््याम्सायरका अध्यक्ष मीन गौतम हिमालयन लायन्स क्लव वोष्टनका अध्यक्ष शिव प्रकाश आरएनसी रोडे आइल्याण्डका अध्यक्ष ओम देवकोटा एनआरएन एनसीसीका वरिष्ठ उपाध्यक्ष प्रल्हादकेसी तथा विश्वपरिक्रमा पत्रिकाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणा अतिथिका रुपमा रहनु भएको थियो ।
कार्यक्रमको अन्त्य डिजेवाट भएको थियो । त्यसअघि संस्थाका अध्यक्ष सन्तोष लम्सालले धन्यवाद गर्नु भएको थियो ।
स्मरणीय छ नयाँ वर्षको कार्यक्रम यसअघि नै तय गरिए तापनि संस्थाका सदस्य कुमार खड्काको दुखद निधनका कारण पछि सारिएको थियो ।
कार्यक्रमको संचालन शुरुमा अर्जुन दाहालले गर्नु भएको थियो भने दोश्रो चरणमा सरस्वती श्रेष्ठ तथा पंकज पनेरुले आकर्षक ढंगवाट गर्नु भएको थियो ।
संस्थाका सवैले योगदान गरेकाले ४०० जना जति उपस्थित सो कार्यक्रम सफल भएको देखिए पनि उपाध्यक्ष घनश्याम खड्काको खटाई र व्यवस्थापनले ठूलो भूमिका खेलेको भन्दै दर्शकहरुले चर्चा गरेको सुनिन्थ्यो ।
More Photos:
























वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु