
![]() |
Page added on May 31, 2011
२९ मे पोटोम्याक मेरिल्याण्ड
नेवा अर्गनाइजेसन्स अफ अमेरिका अर्थात् एनओएको दशौं वार्षिकोत्सव विविध कार्यक्रमहरुकासाथ सम्पन्न भएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले पानसमा वत्ती वालेर उद्घमटित सो समारोहलाई सम्वोधन गर्दै राजदूत शर्माले एनओएले नेवारी संस्कृतिको प्रवद्र्धनमा गर्दै आएको कामको प्रशंसा गर्दै राजदूतावाससँग एनओएले हातेमालो गर्दै विविध कार्यक्रम गरेको स्मरण गर्नु भयो ।
पहिलो चरणको सो कार्यक्रमको शुरुमा एनओएका अध्यक्ष राजेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव सिजन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष इरोज तुलाधरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसपछि विभिन्न संघसंस्था तथा मिडियाका तर्फवाट लक्ष्मण प्रधान राम मालाकार राम खरेल श्रीलाल मोक्तान विष्णु थापा विजय श्रेष्ठ गौतम दाहाल पारसमणि श्रेष्ठ जोन चर्च गोविन्द गिरी प्ेरणा लगायत हुनुहुन्थ्यो ।
त्यसपछिको सत्रमा नेवारी कला संस्कृति र संस्कारका विषयमा दिना वाङ्देल वासव राजोपाध्याय दिनेश श्रेष्ठले आफ्ना धारणा राख्नु भएको थियो । यो सत्रको संयोजन वलराम जोशीले गर्नु भएको थियो भने संचालन सुभाष तुलाधरले गर्नु भएको थियो ।
कार्यक्रममा एनएओको आगामि कार्यकालका लागि गठित निर्वाचन समितिका संयोजक हरिमान श्रेष्ठले सिजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको निर्वाचन भएको व्यहोरा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको अन्तिम सत्र सदा झैं गीत संगित र नृत्यले आकर्षक रहेको थियो जसमा नेवारी संस्कृति र संस्कार झल्कने गीत तथा नृत्यहरु थिए । वरिष्ठ गायक गायिकादेखि शौखिन कलाकारहरुको आकर्षक प्रस्तुतिले दर्शकलाई यथेष्ठ मनोराजन दिलाएको थियो ।
चर्चित गायक गायिकाहरु नलिना चित्रकार सृजन ताम्राकार संजिप प्रधान सरिष्मा अमात्य शशि दाहाल यमन श्रेष्ठका गीतहरु श्याम खड्गी यज्ञमान शाक्य श्रेया र श्रीतिका दाहालका नृत्यहरु आकर्षक र मनोरजक थिए ।
नेवारी खाजा समयवजीवाट शुरु भएको कार्यक्रम नेपाली खानावाट समापन भएको थियो ।
More Photos:
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु