Page added on April 13, 2011

Email this to a friendEmail This Post Email This Post                     

नेप्लिज एसोसिएसन अफ ईडियानाको प्रथम साधारण सभा सम्पन्न, गोपेन्द्र भट्टराई अध्यक्षमा निर्विरोध

नेप्लिज एसोसिएसन अफ ईडियानाको प्रथम साधारण सभा सम्पन्न, गोपेन्द्र भट्टराई अध्यक्षमा निर्विरोध thumbnail

९ अपि्रल फिसर इण्डियानापोलिस
ईण्डियाना राज्यमा वसोवास गर्दै आइरहेका नेपालीहरु नेप्लिज एसोसिएसन अफ ईडियाना नामक संस्थाको छातामुनि एकतावद्ध भएका छन् ।
ईण्डियाना राज्यमा विधिवत् दर्ता गरी आयोजना गरिएको प्रथम साधारण सभामा निर्वाचन साँस्कृतिक कार्यक्रम तथा कविता वाचन तथा साना साना भाईवहिनीहरुका लागि प्रतियोगितात्मक खेलकूदको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रथम चरणमा सम्पन्न साधारण सभामा संस्थाको आवश्यकता किन पर् यो भन्ने विषयमा जानकारी िदंदै संस्थाको जन्मका लागि वनेको वातावरणको चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एन्माका अध्यक्ष राजेन्द्र खतिवडाले एन्मा र नाईले साथसाथै मिलेर नेपाली समुदायमा काम गर्ने वताउनु भयो । कार्यक्रमको सभापतित्व गोपेन्द्रराज भट्टराईले गर्नु भएको थियो ।
वावुराम पण्डित हरि पौडेल ध्रुव घिमिरे सदस्य तथा ज्योति रायमाझी संयोजक रहेको निर्वाचन समितिले निर्वाचनको काम सम्पन्न गरेको जनाउँदै संयोजक रायमाझीले चुनावको पणिाम घोषणा गर्नु भएको थियो जस अनुसार अध्यक्षमा गोपेन्द्रराज भट्टराई उपाध्यक्ष रामहरि न्यौपाने सचिव अरुण राजभण्डारी सहसचिव राजिव प्रसाद श्रेष्ठ कोषाध्यक्ष राजन ओझा तथा कार्यकारी सदस्यमा अर्पना स्वाँर गणेशप्रसाद पोखरेल रमेशवावु अधिकारढटी स्मृति चन्द तथा सुनिल वाग्ले निर्विरोध निर्वाचित भएका छन्
त्यसपछि साना साना भाई वहिनीका लागि प्रतियोगितात्मक खेलकूदको आयोजना गरिएको थियो ।
तत्पश्चात् साँस्कृतिक कार्यक्रम तथा कविता वाचनको कार्यक्रम सम्पन्न गरिएको थियो ।
साँस्कृतिक कार्यक्रममा अनुराग भट्टराईले अँग्रेजी गीत प्रस्तुत गरेका थिए भने नृत्यहरु सदृशा पण्डित तथा एलिसा अधिकारी अनिशा राजभण्डारी तथा मोना भट्टराई मेनुका खतिवडा तथा जीवन गुरुँगले प्रस्तुत गरेका थिए । असिम ढुँगानाले भायोलिन सीमा ढुँगानाले वाजा धून प्रस्तुत गरेका थिए भने आस्था पौडेलले एकल नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै वालक रोशन गुरुँगले एकल नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दोहोरी गीतसमेत प्रस्तुत गरिएको थियो जसमा निर्मला न्यौपाने सुलोचना पंडित तथा आस्था पौडेल एवम् रमेश अधिकारी धु्रव घिमिरे तथा कृष्ण पौडेलको २ समूहले दोहोरी गीत प्रस्तुत गरेको थियो भने रमेश कोइरालाले मादलमा साथ दिएका थिए ।
कार्यक्रममा कविता वाचन पनि वीच वीचमा गराइएको थियो । कविता वाचन गर्नु हुनेहरुमा राधा पौडेल माधव प्रसाद अधिकारी राजन ओझा तथा गोविन्द गिरी प्रेरणा थिए भने कृष्ण पौडेलले गजल वाचन गरेका थिए ।
कार्यक्रमको संचालन रमेश अधिकारी तथा आस्था पौडेलले संयुक्त रुपमा गरेका थिए ।
त्यसपछि खानाको कार्यक्रम रहेको थियो र अन्तमा सामुहिक नृत्यमा युवा युवती मात्रै होइन सवैजसोले साथ दिएर रमाइलो वातावरण वनाएका थिए ।

MORE PICTURES

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु