Page added on April 19, 2011

Email this to a friendEmail This Post Email This Post                     

डिसीमा नयाँ वर्ष कार्यक्रम

डिसीमा नयाँ वर्ष कार्यक्रम thumbnail

१७ अपि्रल वेल्सभील मेरिल्याण्ड ।
अमेरिकाको नेपाली तथा अमेरिकीहरुको संस्थाको रुपमा स्थापित अमेरिका नेपाल सोसाइटीले वर्षेनी गर्दै आएको नयाँ वर्ष कार्यक्रम यस वर्ष पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
२ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो जसको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा हुनुहुन्थ्यो । प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले हालै नेपाल र अमेरिका वीच सम्पन्न नेपाल अमेरिका लगानी तथा ढाँचा सम्झौताले नेपाललाई सहयोग पुग्ने विश्वास िलंदै नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।
एएनएसका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव विजय थापाले स्वागत सदस्य सरोज प्रजापतिले धन्यवाद तथा सभा संचालन सचिव मुक्ति दवाडीले गर्नु भएको थियो ।
दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा खेम संग्रौला आरजी प्रसाईं अनु संग्रौला सम्पदा सविर्ण खनाल पि्रयंका पोखरेल आकृति खनाल कोपिला संग्रौला आयुस खनाल सुजु गुरुँग मानश्री कोइराला सुकृति दाहाल रित संग्रौला सुनिया ज्ञवाली अनिसा दवाडी जेसिका न्यौपाने रितिषा चौधरी एलिजा अधिकारी साकार वुढाथोकी प्युस अधिकारी प्रस्मित पोखरेल इन्दु पोखरेल लगायतले गीत नृत्य इत्यादि प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन गोमा संग्रौलाले गरेकी थिइन् ।
कार्यक्रममा डिसी मेरिल्याण्ड तथा भर्जिनियाका नेपाली समुदायको उपस्थिति थियो भने नेपाली राजदूतावास परिवार तथा अमेरिका भ्रमणमा रहनु भएका नेपाल सरकारका सचिवहरुको समेत उपस्थिति रहेको थियो ।
शुरुमा नेपाल गएर फर्केका अमेरिकीहरु र नेपालीहरुले स्थापना गरेको अमेरिका नेपाल सोसाइटीका कार्यक्रममा अमेरिकीहरुको पनि उपस्थिति देखिन्थ्यो । कम्तिमा एक कार्यकारी पदमा अमेरिकी पनि रहने परम्परा देखिएको थियो । तर यताका वर्षमा त्यो परम्परा तोडिएको देखिएको छ र अमेरिकीहरुको उपस्थिति देखिन छाडेको छ । यस कार्यक्रममा पनि अमेरिकीहरु देखिएनन् ।
अघिल्लो दिन शनिवार तय गरिएको यो कार्यक्रम मौसमका कारण आइतवार सारिएको थियो र वेल्सभिलको प्रस्तावित नेपाली मन्दिरको परिसरमा रहेको टहरो हलमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

More Photos:

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु