Page added on March 31, 2011

Email this to a friendEmail This Post Email This Post                     

वानाको ऐतिहासिक निर्वाचन सम्पन्न : विजय श्रेष्ठ अध्यक्षमा निर्वाचित

वानाको ऐतिहासिक निर्वाचन सम्पन्न : विजय श्रेष्ठ अध्यक्षमा निर्वाचित thumbnail

२७ मार्च वाल्टिमोर
वाल्टिमोर र आसपासकाराज्यहरुमा वसोवास गर्ने नेपालीहरु समेटिएको तर मूलतस् वाल्टिमोरका नेपालीहरुको साझा संस्था वाना अर्थात् वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको छ र अध्यक्ष पदमा अत्यधिक मतले विजय श्रेक्ष्ठ विजयी भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा ओम तुलाचन महासचिवमा प्रभु थापा निर्वाचित भएका छन् ।
सचिवमा दिवाकर ज्ञवाली कोषाध्यक्षमा राजन केसी सूचना निर्देशकमा महेश केसी तथा सदस्यता निर्देशकमा देवेन्द्र शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
कार्यकारी सदस्यहरुमा रुद्र गुरुँग मोहन पन्त विशालमान श्रेष्ठ तथा संजिव कोइराला निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा विजय श्रेष्ठले ५९३ मत ल्याएका थिए भने अर्का उम्मेदवार गौतम दाहालले ३९१ मत प्राप्त गरेका थिए ।
वानामा स्थापना कालमा मोहन थापा अध्यक्ष थिए भने दोश्रो कार्यकालमा कृष घिमिरे निर्विरोध अध्यक्ष भएका थिए । तेश्रो कार्यकालमा निर्वाचनको माध्यमवाट रविना थापा अध्यक्ष भएकी थिइन् ।
संभवत अमेरिकाको कुनै पनि नेपाली संस्थामा १४३९ मतदाता रहेको तथा १०१२ भोट खसेको पहिलो पटक हो ।
निर्वाचन सम्पन्न भएपछि निर्वाचन समितिका संयोजक आनन्दकृष्ण घिमिरेले औपचारिक रुपमा निर्वाचन परिणाम सुनाउनु भएको थियो ।
अध्यक्ष पदमा विजयी भएपछि उपस्थित सवैलाई सम्वोधन गर्दै नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठले सवैले जुन विश्वासका साथ मत दिनु भयो त्यो मतको कदर गर्ने वताउनु भयो । उहाँले विश्वपकि्रमा तथा भिपिके न्यूजसँग संक्षिप्त कुरा गर्दै निर्वाचनको सिलसिलामा जाहेर गरेका प्रतिवद्धता पूरा गर्दै लाने वताउनु भयो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु