
![]() |
Page added on March 2, 2011
१ मार्च वािशंटन डिसी
संयुक्त राज्य अमेरिकाको संसद ( House of Representatives) ले नेपालसंग सरोकार भएका सम्बन्धित विषयमा काम गर्नकालागि पहिलो पटक संसदमा नेपाल सरोकार समूह (Nepal caucus)गठन गरेको छ । यो सरोकार समुहमा ल्फोरिडा राज्यबाट निर्वाचित रिपव्लिकन पार्टीका सांसद Ander Crenshaw र कोलोराडो राज्यबाट डेमोक्र्याटिक पार्टीक सांसद Jared Plois सहअध्यक्ष रहनु भएको छ । यू।एस कंग्रेसमा नेपाल सरोकार समूह वनाउनकालागि संयुक्त राज्य अमेरिकाको उच्चस्तरिय राजनीतिक व्यक्तिहरुसंग भेटघाट अन्तर्कि्रया एवं वैठकहरु गराउन विगत केही सयमयता नेपाली राजदूतावास सकि्रयरुपमा लागिपरेको थियो । यस क्रममा अमेरिकामा रहनु भएका नेपाली प्राज्ञिक वर्गहरु लव्ध प्रतिष्ठ व्यक्तिहरु विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु पत्रकारहरु लगायत विद्यार्थी वर्गसंग भेटघाट गरी वहाहरुको राय सल्लाह सुझाव आदि समेत लिइएको थियो ।
यू।एस। संसदमा नेपाल सरोकार समुह भन्नाले नेपालसंग चासो भएका यू।एस। कंग्रेसका सदस्यहरुको समूह हो । सरोकार समुहका सदस्यहरु नेपालसंग चासो भएको विषयहरुमा आवश्यकता अनुसार वैठक वसी दुई देशको सम्बन्ध सुदृढ गर्न गर्नुपर्ने नीति निर्माण तथा सहयोग गर्ने जस्ता विषयमा छलफल गरी संसदलाई सुझाव एवं मार्गदर्शन दिनसक्ने छन् । सरोकार समूह उपर्युक्त कार्यहरु गर्न अवसर उपलव्ध गराउने माचकोरुपमा रहने छ ।
नेपाल सरोकार समूहको सहअध्यक्ष्यता गर्नुहुने Ander Crenshaw यू।एस। कंग्रेसका वरिष्ठ नेता हुनुहुन्छ । Congressman Ander Crenshawको य।एस। कंग्रेसमा यो छैटौ कार्यावधि हो । वहां अन्य जिम्मेवारीको अतिरिक्त यू। एस। संसदको वजेट विनियोजन समिति र राज्य व्यवस्था उप समितिको सदस्य पनि हुनुहुन्छ । वजेट विनियोजन समितिले अमेरिकी सरकारले गर्ने खर्चहरु तोक्ने समेत भएकोले संसदको एक महत्वपूर्ण समिति हो । Congressman Jared Polis नोभेम्बर २००८ मा अमेरिकी संसदमा निर्वाचित हुनु भएको हो । वहां संसदको House Rules Committee / House Democratic Steering and Policy Committeeका सदस्य समेत हुनुहुन्छ ।
संयुक्त राज्य अमेरिकाको परराष्ट नीति कार्यन्वयन गर्न र विदेशी मुलुकहरुलाई दिने आर्थिक सहयोगको क्षेत्रमा निर्णय लिन ऋयलनचभकक को भूमिका खाशगरी दुई कारणले महत्वपूर्ण छ । प्रथम कारण हो कानूनको निर्माण जो कंग्रेसले मात्र गर्न सक्दछ । राष्टपतिले कंग्रेसमा विधेयकको रुपमा प्रस्तुत गरेका नीतिहरु कंग्रेसबाट स्वीकृत भएपछि कानून वन्दछन् र कार्यान्वयन हुन्छन् । दोस्रो हो राष्टको वजेट कंग्रेसको अधिनमा हुन्छ । सरकारी नीति तथा कार्यक्रमकालागि एवं सरकारी निकायहरुको लागि बवेट वाडफांड गर्ने कार्य कंग्रेसले गर्दछ ।
नेपालको अर्थतन्त्रमा संयुक्त राज्य अमेरिकाले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । हाल संयुक्त राज्य अमेरिका नेपाली वस्तुहरुको दोस्रो ठूलो निर्यात गन्तव्यको रुपमा रहेको छ । त्यसैगरी नेपालमा अमेरिकी प्रत्यक्ष लगानीे पनि दोस्रो स्थानमा छ भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्यामा पनि अमेरिकी पर्यटकहरुको संख्या दोस्रोमा पर्न आउछ । नेपालका लागि संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण छ र यो वृद्धि भइरहेको छ । नेपालको शान्ति प्रकि्रयालाई सहयोग गर्न प्रजातन्त्र र संवृद्धिकालागि अमेरिकी सहयोग जारी छ ।
संयुक्त राज्य अमेरिकामा नेपाली मुलका मानिसहरुको संख्या हाल वृद्धि भईरहेको छ । संयुक्त राज्य अमेरिकाको विकासमा उनीहरुको योगदान पनि वृद्धि भईरहेका छ । तथापि वहांहरु पनि धेरै चुनौतीहरु समाना गरिरहनु भएको छ । यसै सिलसिलामा अमेरिकामा स्थायी बसोबास भएका एन। आर। एनमा आबद्ध नेपाली समुदायका सदस्यहरुलाई आ आफनो क्षेत्रका अमेरिकी सांसदहरुलाई (Congressmen) नव गठित Caucus को सदस्य बन्न आग्रह गर्नु हुन समेत राजदूतावास आव्हान गर्दछ ।
यु।एस। कंग्रेसमा गठन भएको नेपाल सरोकार समुह नेपालको प्रजातन्त्रलाई सुदृढिकरण गर्न शान्ति तथा दीगो विकास गर्न नेपाल र संयुक्त राज्य अमेरिका वीचको सामाजिक आर्थिक र राजनैतिक सम्बन्ध सुदृढ गर्न नेपाल र अमेरिकाको चासो भएका क्षेत्रीय तथा विश्वव्यापीरुपमा देखा परेका समस्याहरु समाधान गर्न अमेरिकमा वृद्धि भईरहेको नेपाली म्ष्बकउयचब लाई अमेरिकामा अधिकारसम्पन्न गराउन र नेपाली मूलका अमेरिकनहरुलाई यु। एस। कंग्रेसमा प्रतिनिधित्व गराउने कार्यमा मद्दत पुर्याई नेपाल र संयुक्त राज्य अमेरिका वीचको सम्बन्ध वलियो वनाउने कार्यमा सहयोगी हुनसक्ने अपेक्षा गरिएको छ ।
नेपाली दूतावासद्वारा प्रेषित प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको हो ।
स्मरणीय छ नेपाल अमेरिका कुटनितिक सम्वन्धको झण्डै ५४ वर्षमा पहिलोपल्ट नेपाली राजदूत डा। शंकरप्रसाद शर्माको विशेष पहल प्रयास र सुझवुझमा यो सम्पन्न हुन सकेको हो । उहाँ राजदूत भएर पद ग्रहण गर्न अमेरिका आए लगत्तै स्थानिय नेपालीहरुसँग जमघट गर्दै यो सरोकार समूहको गठनलाई उहाँले आफ्नो उद्देश्य वताउनु भएको थियो ।
विश्वपरिक्रमा तथा भिपिके न्यूजसँग कुरा गर्दै उहाँले यस समूहमा वस्न १० जना कँग्रेशम्यानले सहमति जनाइसकेका छन् र एक डेड महिनामा यसको औपचारिक उद्घाटन हुनेछ ।
दक्षिण एशिया तथा मध्यवूर्वको विदेशसम्वन्ध हेर्ने समितिका अध्यक्ष तथा वातावरण हेर्ने कँग्रेशम्यानहरु समूहमा भएकाले नेपाललाई फाइदा हुनेमा आशावादी भएको उहाँको कथन थियो ।
वास्तवमा यो सरोकार समूहको निर्माणले यौटा नयाँ इतिहासको थालनी मात्र नभएर अमेरिकामा भएका नेपाली मतदाताहरु पनि झन् लाभान्वित हुने वातावरण वनेको छ ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु