Page added on February 15, 2011

Email this to a friendEmail This Post Email This Post                     

वाल्टिमोरमा पर्यटन प्रवद्धनका लागि एसि शेर्पाको कार्यक्रम

वाल्टिमोरमा पर्यटन प्रवद्धनका लागि एसि शेर्पाको कार्यक्रम thumbnail

वाल्टिमोर १३ फरवरी
४२ चढाई दिनमा सात महादेशका सात सर्वाेच्च शिखर आरोहण गर्ने किर्तिमानी एसि शेर्पाको डकुमेण्टरी कार्यक्रम तथा ग्लोवल वार्मिंगको विषयमा एक कार्यक्रमको आयोजना लुम्विनी रेष्टुँरामा गरियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले पानसमा वत्ती वालेर गर्नु भएको थियो ।
सो अवसरमा राजूत शर्माले समारोहलाई सम्वोधन गर्दै नेपालमा अमेरिकी पर्यटकहरुको उल्लेख्य संख्यामा वृद्धि भएको वताउनु हुँदै नेपालको स्वस्थ्य क्षेत्रमा समेत सुधार भएको वताउनुहुँदै नेपाललाई नेशनल जोग्राफिक सिएनएनले उत्तम गन्तव्यको रुपमा मानेको वताउनु हुँदै आउट डोर पत्रिकाले समेत नेपाललाई उत्तम गन्तव्यस्थल वनाएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा एसि शेर्पाले सेवेन समिट जस्तो साहसिक कार्य सम्पन्न गरेपछि सेवेन समिट फाउण्डेसन स्थापनाका लागि प्रेरणा प्राप्त भएको वताउनु हुँदै यसले वातावरण शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने वताउनु भयो । उहाँले विस्तृत रुपमा सगरमाथा क्षेत्रका फोहरको समस्या त्यहाँका जनताको दुख समेत आफ्नो जीवन सँग गाँस्दै सोलुखुम्वुदेखि अमेरिकासम्मको आफ्नो जीवन यात्रा समेत रोचक ढँगले प्रस्तुत गरेपछि ४२ चढाई दिनमा सम्पन्न्ा विश्वका सात महादेशका सात चुचुरोको आरोहण विषयक वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा वोल्दै मेरिल्याण्ड विश्वविद्यालयका प्रा्फेसर टेड वुशले यौटा व्यक्तिले कति गर्न सक्छ भन्ने उदाहरण एसि शेर्पाले प्रस्तुत गरेकको वताउनु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सेल्वा रे ले काम भनेको तत्कालै गर्नु पर्छ भन्ने धारणा हुनुपर्ने वताउनु भयो ।
मिसाइल क्वराइन महेन्द्र कार्की सुमन तिमि_िल्सना नारायण गुरुँग डा। श्याम कार्की डेभिड सोलोमन डा। गोविन्द तिमि_िल्सना रविना थापा राजाराम घिमिरे हरि शर्मा लगायतले वोल्नु भएको थियो ।
कार्यक्रम वाना नेपाली दूतावास तथा सेवेन समिट फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु