Page added on January 19, 2011

Email this to a friendEmail This Post Email This Post                     

वाल्टिमोरमा तमु ल्होसार सम्पन्न

वाल्टिमोरमा तमु ल्होसार सम्पन्न thumbnail

१६ जनवरी वाल्टिमोर
ग्रेटर वािशंटन तमु समाजले वर्षेनी मेरिल्याण्ड तथा भर्जिनियामा पालैपालो मनाउँदै आएको ल्होसार यस वर्ष मेरिल्याण्डको वेलायर रोडस्थित एक चर्चको हलमा विविध कार्यक्रमको आयोजना गरी मनायो ।
प्रथम चरणमा औपचारिक कार्यक्रम तथा दोश्रो चरणमा साँगीतिक तथा मनोरंजनात्मक कार्यक्रम गरिएको सो समारोहको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । सो औपचारिक समारोहलाई सम्वोधन गर्दै राजदूत डा। शर्माले विदेशमा यसरी गुरुँग परम्परा र संस्कृतिको प्रवर्धन गर्न संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो ।
ग्रेटर वािशंटनका विभिन्न संघसंस्थाहरुको प्रतिनिधिका रुपमा आमन्त्रित वानाका अध्यक्ष रविना थापाले नेपाली भाषाका माध्यमले नेपाली संस्कृतिको जगेर्ना गर्न सकिने भएकाले वानाले नेपाली भाषा कक्षा आरम्भ गरेको वताउँदै सो भाषा कक्षा संचालनका लागि तमु समाजले देउसी भैलोवाट रकम संकलन गरी सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्षले धन्यवाद ज्ञापन गरी पहिलो चरणको औपचारिक समारोह समाप्त गरिएको सो कार्यक्रमको शुरुमा समाजका कोषाध्यक्ष कुलप्रसाद गुरुँगले स्वागत भाषण गर्नु भएको थियो । वानाको नेपाली भाषा स्कूलका साना साना भाईवहिनीहरुले राष्ट्रि्रय गान गाएका थिए तथा सामुहिक रुपमा गुरुँग पोशाकको प्रदर्शन पनि गरिएको थियो । कार्यक्रमका अतिथिगणलाई काजिम गुरुँग तथा आशा कासीले खादाले सम्मान गर्नु भएको थियो ।
दोश्रो चरणमा गुरुँग गीत तथा नृत्य नेपाली गीत तथा नृत्य तथा भोजपुरी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
यसरी गीत तथा नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा कर्णदाश श्याम खड्गी सौरभ रिजाल गीता सुवेदी लगायत रेगन गुरुँग दीप्ति घिमिरे श्याम गुरुँग सिजल लामा भावना गुरुँग देव किरण शाही इशा गुरुँग मन्जु पुन इन्दु इन्दु तिलिजा नन्दकला लक्ष्मी नरेश सोभित विन्दु थापा हुनुहुन्थ्यो । काजिम गुरुँग आशा नन्दकला तथा सीताले कौडा नृत्य प्रस्तुत गरेका थिए ।
शुरुमा खाजा तथा पछि स्वादिष्ट नेपाली खानासहितको सो कार्यक्रमको अन्तमा डिजेडीले सवैलाई नचाएर समारोहको रौनक थपेका थिए ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु