
![]() |
Page added on January 3, 2011
टाइसन्स कर्नर भर्जिर्निया जनवरी २
नेपाली काँग्रसको विदेशमा रहेका भातृ संगठन मध्ये अमेरिकाको जन सम्पर्क समिति भर्जिनिया च्याप्टरको आयोजनामा स्व। जननेता विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वनेपाली काँग्रेश र राक्ष्ट्रिय मेलमिलाप नीति विषयक विचार गोक्ष्ठी तथा ई।सं।२०११ को शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले उद्घाटन गर्नु भयो ।
समारोहलाई सम्वोधन गर्दै राजदूत शर्माले राजनैतिक निकास नपाउँदाको वर्तमान स्िितमा पनि आर्थिक वृद्धिदर ४ प्रतिशत रहेको वताउँदै कम्तीमा ७ प्रतिशत हुन आवश्यक भएको वताउनु भयो ।
कार्यक्रमका अतिथि पूर्वमन्त्री वीरमणि ढकालले वीपीको राक्ष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको वताउनु भयो ।
सो कार्यक्रममा नेपाली काँग्रेस तथा मेलमिलाप नीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा मन्तव्य तथा शुभकामना प्रदान गर्नेहरुमा डा। हरिराज भट्टराई विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणा डिसी नेपाल डटकमका रामहरि सुवेदी वानाकी अध्यक्ष रविना थापा एएनएसका अध्यक्ष नगेन्द्र पौडेल नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका सुभाष घिमिरे नेजस अमेरिकाकी प्रतिनिधि चित्रा केसी स्थानिय तहकी अमेरिकाकी डेमोक्याटि्रक पाटीकी एलिजावेथ विव्वन्धु प्रसाईं हुनुहुन्थ्यो ।
नेपाली काँग्रेस तथा जसस सँग आवद्ध मृदुला कोइराला खगेन्द्र जिसी र आनन्द विष्टको शुभकामना शारदा सिलवालले सुनाउनु भएको थियो ।
यम पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको सो समारोहको शुरुमा रामशरण हुमागाईंले स्वागत भाषण गर्नु भएको थियो ।
जसस भर्जिनियाका अध्यक्ष केशव वरालको सभापतित्वमा सम्पन्न सो समारोहमा डीवी तामाँग तथा सुदीपभद्र खनालले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमको संचालन मोहन घिमिरेले गर्नु भएको थियो ।
For photos please see : http://photo.vpknews.com/thumbnails.php?album=55
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु