
![]() |
Page added on January 23, 2011
२३ जनवरी भर्जिनिया ।
एएनएको वोष्टन सम्मेलनपछि आर्थिक पक्षसँग सम्वन्धित समस्याका कारण विभिन्न मिडियामा आएका अर्धसत्य र असत्य समाचार र विचार प्रवाहलाई सम्वोधन गर्ने हेतुले अध्यक्ष सिमोन ढुँगानाले विधान अनुसार डाकेको विशेष साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले एएनएका सदस्य खेम भट्टचनले एएनएका कार्यकारी सदस्यहरुले विधान विपरित एडहक कमिटी खोल्ने तथा एएनएको हित विपरित काम गर्नेलाई कार्यवाही गर्न तथा कायसमितिलाई पुनस्रंरचना गर्न अध्यक्षलाई पूर्ण अधिकार दिन निर्देशन दिनुपर्ने प्रस्तावलाई सर्व सम्मतिले पास गरेको छ । यो प्रस्ताव पारित भएपछि अध्यक्ष सिमोन ढुँगानालाई संस्थाको विधान विपरित समानान्तर रुपमा एएनएलाई एडहक कमिटिको नाममा लान खोज्ने जमातलाई कार्यवाही गर्न तथा रिक्त पदमा नयाँ पदाधिकारी नियुक्त गर्न मार्ग प्रसस्त भएको छ ।
एएनएको २८ वर्षे इतिहासमा निर्वाचित अध्यक्ष्यले विशेष साधारण सभा वोलाई मतदातासँग प्रत्यक्ष सम्वाद गरेको यो पहिलो अवसर थियो । यदि सभामा उपस्थित वहुमतले अध्यक्ष्यलाई असक्षम भनेर पदमुक्त गर्न चाहेको भए त्यो सहज ढँगले सम्भव हुन्थ्यो । संस्थाको सवैभन्दा शकि्रशाली अँग साधारण सभा हो । तर यत्रो खतरा मोलेर डाकिएको विशेष साधारण सभाले अध्यक्ष सिमोनलाई वढी शक्तिशाली र अधिकार सम्पन्न वनाएको छ ।
सो विशेष साधारण सभाको शुरुमा अध्यक्ष्य सिमोन ढुँगानाले संस्थाको इतिहास संक्षिप्त रुपमा प्रस्तुत गर्दै एएनएको आजको समयको समस्या अवगत गराउनुका साथै २।३ हप्तामै समाधान गरिने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा एएनएका पूर्व अध्यक्ष डा। श्याम कार्की एएनएसका अध्यक्ष नगेन्द्र पौडेल तथा वानाकी अध्यक्ष्य रविना थापा तथा वाल्टिमोर कन्भेन्सनका कन्भेनर कृश घिमिरेल समेत सम्वोधन गर्नु भएको थियो ।
टेलिकन्फरेन्सको माध्यमवाट संस्थाका महासचिव धिरेन गुरुँग तथा आर्थिक अनियमितता छानविन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सहजकर्ता छेवाँग शेर्पा लामा ले समेत सम्वोधन गर्नु भएको थियो । साथै उहाँहरुले सो विशेष साधारण सभामा उठेका जिज्ञासाको समेत जवाफ दिनु भएको थियो ।
सो विशेष साधारण सभामा उल्लेख्य संख्यामा उपस्थिति थियो र प्रश्नकर्ताहरुले एएनएको विविध पक्षका वारेमा प्रश्न राखेका थिए भने जवाफ अध्यक्ष्य सिमोन ढुँगाना महासचिव धिरेन गुरुँग तथा सहजकर्ता छेवाँग शेर्पा लामाले दिएका थिए ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु