Page added on December 6, 2010

Email this to a friendEmail This Post Email This Post                     

राम नगरकोटी अब तिम्रो सम्झना मात्र

राम नगरकोटी अब तिम्रो सम्झना मात्र thumbnail

                                     बसन्त श्रेष्ठ, भर्जिनिया

आयौ तिमी कहाँ बाट

त्यो कसैलाई पनि बतायेनौ

गयौ तिमी कहाँ कहाँ

त्यो पनि कसैलाई बतायेनौ

तर यस जगतमा आई

यो कस्तो खेल रचायौ

सम्झी सम्झी तिमीलाई

धुरु धुरु रुने बनायौ हामी लाई |

सन् २०१० को अक्टोबर महिनाको तिन तारिखका दिन अमेरिकाको पेन्सिल्भानिया राज्यको पेन स्टेट शहरमा असामयिक निधन भएका हाम्रा प्रिय भाई तथा मित्र राम नगरकोटीको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन यो सम्झनाका हरफ हरु श्रद्धान्जली स्वरूप |

सन् १९९५को हिउदको कुनै दिन म बोस्टन को बेल्मोंट शहर मा पुर्ब परिचित आफन्तको घरमा पाहुना लागेर बसेको समय थियो |म त्यस समय कुनै सस्तो कलेज, राम्रो काम र उचित बस्ने घरको खोजी मा थिए | साँच्चिकै भन्ने हो भने म न्युयोर्क बाट बोस्टन सरेको एक हप्ता पनि बितेको थिएन | सोच्दै नसोचेको र कल्पनानै नगेरेको तिम्रो फोन आयों त्यो पनि न्यु योर्क शहर को मेरो पुरानो अपार्टमेन्टको कोठा बाट नै | म मा आश्चर्यको सीमारहेन | म भित्र धेरै खुशी र प्रसन्नता भए पनि अलिकति रिसाईदियं मलाई अग्रिम खबर नगरी आएको मा | तिमी हिजो मात्र नेपाल बाट न्यु योर्क आईपुगेका रहेंछौ | सिधै मेरो फ्लशिंग को अपार्टमेन्ट मा गएर ढोका ढकढकायेछौ | मलाई धेरै खुशी लाग्यो तिमी पनि अमेरिका आयौ भनेर र अलिकति ढुखी पनि बने किनकि तिमी लाई बोस्टनमा बोलाउन म सक्दिनथें | किनकि म आफै पाहुना बनेर कसैकोमा बसेको थिएँ | मैले अलिकति रिसाई पनि दिएँ त्यस बेला  किनकि यत्रो टाढाबाट सात समुन्द्रपारी आउदा पनि खबर गर्नु पर्दैन भनेर | तर तिमीले सजिलै हाँसेर भन्यौ “बसन्त दाई तंपाई लाई सरप्राईज दिउँ भनेर” | अलिकति सम्झाएर मैले फेरी भने न्युयोर्क जस्तो ठाँउमा मेरो रुममेट नभेटेको भए या त उसले बस्न नदिएको भए तिमी लाई कस्तो अप्ठेरो हुन्थ्यो भनेर थोरै सम्झाएँ | अनि तिमी त्यहिं न्यु योर्क र म कलेज नसकिन्जेल बोस्टन मै बस्ने भयौं |

बास्तबमा तिमीसंगको मेरो परिचय काठमान्डौ मा १९८९ तिरको हो |ब्यापारको सिलसिलामा मेरो जेठान नरोत्तम श्रेष्ठले गराउनु भएको हो | त्यसबेला तिमी आयात निर्यात को काम गर्दथौ , भारत / ब्यांकक  अनि अरु देशमा पनि | म निर्माण ब्यबसायी थिएँ सडक , पुल र भबन को | तर हामीले  मिलेर काठमाडौंमा एउटा आयात र निर्यात को कार्यालय खोल्यौं र सरकारी कार्यालय र ठुलठुला होटल हरुमा बिभिन्न समान हरु आपूर्ति गर्न थालियो | तिम्रो तयारी कपडा को दोकान इन्द्रचोकमा अनि हाम्रो कार्यालय त्यहि चोक भित्र भए पछी हाम्रो व्यापार मात्र होइन घरायसी सम्बन्ध पनि धेरै गाढा भएर रहेको थियो | तिम्रो हँसिलो मुहार, सहयोगी व्यवहार र उच्च बिचारले हाम्रो मित्रता र व्यापार राम्रै संग मौलाएको थियो |

तर १९९४ को अन्त तिर छोटो समयको लागि मेरो अमेरिका भ्रमण उच्च शिक्षा र कामको निरन्तरताले स्थायी बसोबासमा परिबर्तन भएको थियो भने तिमीले पनि १९९५ देखि अमेरिकामै रहेर बस्ने निर्णय गरेका थियौ | तिमी न्युयोर्कमै र म बोस्टन मा बसे पनि हाम्रो अपनत्वको, मायाको र बिदेशमा आफ्नो भाषा, कला र संस्कृतिको लागि भएका र गरेका बिभिन्न कार्यक्रम हरुमा हाम्रो सम्बन्ध र सहयोग निरन्तर रुपमा र झन गाढा भएर रहेको थियो | अझ हाम्रो पारिवारिक सम्बन्धमा त यति गहिरिएर गयो कि बिगत सोर्ह बर्ष देखि मेरो श्रीमती विद्याको हात बाट टिका लगाउने एक मात्र प्यारो भाई भएर रह्यौ भने मेरो दुइ छोरा हरु बबिन र ब्रायन को एक मात्र प्यारो मामा थियौ | तिहारमा मेरो श्रीमतीको हात कहिले खाली नगराएर र मेरो छोराहरुको सामाजिक र पारम्परिक व्यवहार हरु जन्म दिन , ब्रतबन्ध र पास्नी हरुमा सबै व्यवहार गरिदिएर एक मात्र प्यारो भाई र मायालु मामाको अनुहार तिम्रो हँसिलो चेहरामा मात्र देखेको थियो |

राम आज म,  मेरो जिबनको यस मुस्किल घडीको दोसाँध मा आइपुगेको छु कि आज म सत्य बोल्न नै सकिरहेको छैन | कसरी यी अबोध छोराहरु लाई मैले कतिन्जेल झुठ बोलिरहू कि तिमी यस पटक तिहारमा धेरै बिरामी भएर टिका लाउन आउन सकेनौ भनेर ? म यति कठोर पनि बन्न सकिन कि तिमी बिरामी भएको सुनेर रात भर रुयेर स्कुल जान पनि नसक्ने मेरो सानो छोरा ब्रायन लाई कसरि म भनु तिमि अब यस संसार मा नै छैन भनेर ? अनि म कसरि मेरी प्रिय बिद्या लाई आस्वस्त परि रहुँ कि अब देखि तिम्रो भाई लाई टिका लाउने तिम्रो हात अब परदेशमा सँधैको लागि रित्तो भयो भनेर |

म यस दुखद घडीमा तिम्रो पद चिन्ह का ठोस सबुत हरु र सह यात्राका ति सामुदायिक उपलब्धिका ठोस दस्ताबेज हरु अनि हाम्रो लामो सम्बन्धको केहि सम्झनाको थोरै पोकाहरु फुकाउने यहाँ प्रयास गर्दै छु |

 सन् १९९८, ग्रेटर बोस्टन नेपाली कम्युनिटी, बोस्टन ले आफ्नो दसौ बार्षिक उत्सब “ जी बि एन सी दशक साँझ” को रुपमा बिभिन्न कार्यक्रम हरु गरेर भब्य रुपमा मनाउने निर्णय गर्यो | एम आई टी को क्रेग अडिटोरियम मा गरिने उक्त कार्यक्रमको म निर्देशक भए पनि तिमी मंच र ब्यबस्थापन समितिको निर्देशक भएर तिमीले मलाई पुरा सहयोग गरेका थियौ | झ्याउरे, तप्पा, तामांग सेलो, शेर्पा, ज्यापू , भोजपुरी, र आधुनिक गरि नेपालका बिभिन्न जात जाती का संस्कृति झल्काउने नाच हरु प्रदर्शन गर्न मा तिम्रो सहयोग अबर्णनिय रह्यो | संगीतमा शिसिर श्रेष्ठ र न्हुछे डंगोल , नाचमा राज कपुर र बिनोद ओली र अडियो , भिडियो र ब्यबस्थापनमा तिम्रो प्रमुख भूमिका रहेको सो कार्यक्रम बोस्टन को ईतिहासमा एक एतिहासिक साबित भएको थियो | नेपालका बरिस्ठ र लोकप्रिय कलाकार हरु नर बहादुर दाहाल, बिनोद ओली, बसन्ती राई , अनु वन्त , धुर्ब वन्त, तारा गुरुङ, गोमा गुरुङ सुबर्ण पोख्रेल, देवी ओली र निशा प्रधान सबै लाई ल्याउने लाने र बस्ने प्रबन्ध सबै तिमीले जिम्मा लिएका थियौ | आफ्नो भाषा, कला र संस्कृति को लागि न्यु योर्क बसेर पनि बिना स्वार्थ स्वयमसेवक को रुपमा यस्तो जिम्मेवारी उठाउनु तिम्रो महानताको परिचय थियो | बोस्टन को जी बि एन सी ले मात्र होइन तिम्रो यस प्रकारको सहयोग र सद्भावनाको प्रसंसा सम्पूर्ण प्रबासी नेपाली हरुले गर्नेछन |

सन् १९९१ तिरको नै कुरा होला तिमीले नेपाली चलचित्र निर्माण गर्दैछु दाई भनेर फोन मा भन्यौ| म गर्ब र खुशीले फुलेर बसे | नभन्दै नेपाली कथानक चलचित्र “ इस्टमित्र” को छायांकन को लागि बोस्टन आयौ पुरा टिम लिएर सरोज खनाल, हरि सिवाकोटी, प्रेम राजा महत , ओमकार गौचन र राम खरेल संग | बोस्टन को छायांकन भरि नै तिमी र तिम्रो पुरा टिम मायाले, बिस्वासले अनि आफ्नोपन ले मेरै अपार्टमेन्ट मै रह्यौ | अमेरिकाको भूमिमा सर्बप्रथम नेपाली कथानक चलचित्र निर्माण गर्ने तिम्रो आँट र  दृढ विश्वास ले म धेरै प्रभाबित भएको थिएँ | बोस्टन को हार्वर्ड स्क्वायर, फेनुल हल, क्विंसी कलेज, बोस्टन पब्लिक पार्क र थुप्रै ठाउँ मा छायांकन सकेर तिम्रो टोलि फर्कियो त्यस चलचित्र को पार्श्व गीत रचिदिनु भनेर जो मैले सहर्ष स्विकारें | चलचित्र को निर्माणमा मात्र होइन सफल अभिनय गरेर पनि तिमीले एक स्थापित कलाकारको रुपमा आफु लाई परिचित बनायौ | मैले सम्झे अनुसार अमेरिकाको थुप्रै शहर हरु जस्तै बोस्टन, वाशिंगटन डी सी , नेब्रास्का , कोलोराडो, न्यु योर्क र कैलिफोर्निया र अरु बिभिन्न शहर हरुमा तिमी आफै नै सम्मिलित भएर सफल प्रदर्शन गरेको मलाई पुरा याद छ | तर त्यस चलचित्र लाई राम्रो संग परिमार्जन गरेर नेपाल मा पनि सफलताका साथ प्रदर्शन गरेर व्यापार प्रबर्धन र नेपाली संस्कृतिको बिकाश गर्न चलचित्रको प्रदर्शन गर्ने तिम्रो योजना अब अधुरो र अपुरो मात्र होइन तिमी संगै यो योजनाको पनि निधन भएको छ |

नेपाली कला र संस्कृतिको बिकाशको लागि तिमीले न्यु योर्क बसेर नेपाली भाषामा सर्बप्रथम नेपाली टि भी को सुरुवात गर्यौ | प्रथम नेपाली कथानक चलचित्र “ ईस्ट मित्र” को निर्माण मात्र होइन एक सफल कलाकारको भूमिका पनि निर्वाह गर्यौ | प्रबाशमा नेपाली कला र संस्कृतको लागि संस्थागत गर्न न्यु योर्कमा “ नेपाली कला मंच” को स्थापना गर्नमा मुख्य भूमिका निर्वाह गर्यौ | भर्जिनियाको छिमेकी गांउ को दशैं को कार्यक्रममा होस्, अन्तराष्ट्रिय नेपाली साहित्य समाजको लक्ष्मी जयन्तिको कार्यक्रममा होस्, गौरी मल्लको नै कार्यक्रम होस् या त बोस्टन को कार्यक्रममा नै होस् तिम्रो सकृय सहयोग सद्भावना र सहभागिताको सदैब सबैमा ताजा र स्मरणीय भएर रहने छ |

त्यसैले त तिम्रो निस्वार्थ सेवा भाव को र तिम्रो कलाकारिताको उच्च मूल्यांकन गर्दै न्यु योर्क स्थित साउथ एसिएन हेरिटेज फाउन्डेसन , न्यु योर्क ले न्यु योर्कको मेयर बाट कदर स्वरूप एक सम्मान पत्र ले सम्मानित गरेको थियो | त्यस भब्य कार्यक्रमको सांक्षीको रुप मा यता बाट हामी बाणिज्य दुत प्रेम राजा महत, अजय रायमाझी र म उपस्थित भएका थियौ | त्यस बाहेक अरु पनि थुप्रै सामाजिक संघ संस्था बाट सम्मान पत्र हरु ले तिमी लाई सम्मान प्रदान गरेको थियो | जीवन नरहे पनि तिम्रो प्रत्येक सामाजिक कार्यको जिबन्तता रहिनै रहने छ र तिमी त्यसमा अमर भएर रहने छौ | यो नै सफल जीवनको धोतक हो |

बास्तबमा भन्नु पर्दा राम तिमी एक स्वाभिमानी, बचनबद्ध होनहार युवा थियौ | न्यु योर्क मा मात्र होइन बोस्टन , डी सी र अरु बिभिन्न शहर हरुमा हुने नेपाली कला र संस्कृतिका बिभिन्न कार्यक्रम हरुमा तिम्रो सहयोग र सहभागिता रहेको थियो | मिठो स्वर का धनि, कुशल नृत्यकार, बाँसुरी बादक र एक सफल कार्यक्रम संचालक थियौ | तिमी एक तर तिम्रो प्रतिभा अनेक थियो | तिम्रो हँसिलो मुहार , मिलनसार स्वभाव र सहयोगी भावना अझ ताजा र गहिरिएर रहीरहने छ |

नेपालमा शुरु भएको हाम्रो ब्यापारिक र पारिवारिक मित्रता यहाँ आएर भावनात्मक र बिशिस्ट रुप मा यति सघन भएर सम्बन्ध बिकसित भयको रहेछ कि यो दुखद र अपुरणीय क्षतिको  असह्यता संग जुध्न   हामीले जिबन भर लड्नु पर्ने छ | तिम्रो फोन आवस , मैले फोन गरुं या त विद्याले तिमी लाई फोन गरेको होस् प्रत्येक पल्ट हाम्रो बिचमा “ अँ मैले भर्खर मात्र सम्झिदै थिएँ भन्नु या त मैले फोन गर्न नै लागेको थिएँ” भनेर भन्नु हामी कति नजिकिएका रहें छौं | यस पटकको तिहार बास्तबमा नै बिद्या को लागि बिशेस थियो घरको वरिपरी मखमली फुल, सुपारीको फुल गोदावरी फुल  ढकमक्क फुलाएको थियो तिमी लाई सार्है मन पर्ने सेल रोटि, मिठाई र बिशेस उपहार हरु सब तयार थिए खाली विद्याको प्रिय भाई को प्रतिक्षा थियो | हरेक बर्षको जस्तो टिकाको भोलि पल्टनै तिमी फर्कने योजना यसपटक नभई तिमी चार दिनको लामो बिदामा यस पटक टिका लाउन भर्जिनिया आउदै थियौ | चार दिनको तिम्रो लामो बसाईको हाम्रो घुम्ने योजना सब निश्चित पनि भैसकेको थियो | तर यस पटकको तिहारमा हेमन्त थियो म थिएँ हामी सबै नै थियौ तर तिमी थिएनौ | देउसी भट्टयाउने तिमी थिएनौ दिदि को सेल रोटि को गुण गाउने पनि तिमी कतै थिएनौ | एउटा सुनसान निस्तब्ध तिहार पिडामा बितेर गयो | टिकाको पुजामा बस्न नसकी बिद्या कोठामा एक्लै तिम्रो सम्झनामा रोईरह्यो|

२०१० नोभेम्बर ३ तारेखको दिन दसैं सकिएको र तिहारको रमझम शुरु भएको मध्य समय मा त्यस्तो अप्रिय समाचार सुन्न मा आयों | एउटा अकल्पनीय, अबिस्वसनीय र ठुलो मर्माहत को खबर थियो त्यो |त्यस दिन हामीले कुनै कुना बाट पनि त्यो खबर लाई पत्याउन नै सकेनौ
 किनकि त्यसको दुइ दिन अघि मात्र हाम्रो लामो कुरा भएको थियो तिहार मा भर्जिनिया आउने कुरा लाई मुख्य बिषय बनाएर | लक्ष्मी पुजाको दिन बिहान तिमी यता आइपुग्ने कुराको टुंगो लाएर हामीले फोनको बिट मारेका थियौ |

तर भाग्य ले हामी लाई साथ दिएन| नियतिले हामी संग झुठको खेल खेल्यो | तिमी संग को त्यो फोनको सम्बाद  नै हाम्रो अन्तिम सम्बाद भयो | जीवन को मध्य यात्रामा बिभिन्न ईच्छा , आकांछा र रहर हरु बिद्धमान हुदाँ हुँदै तिमी लामो अनन्त यात्रामा गयौ | भनौ तिमी हामी सबै लाई छ्कायेर अनि छलेर यस धर्ति बाट बिलिन भएर गयौ कता कता टाढा टाढा |

त्यसैले त म भन्छु –

मृत्युको कुनै समय हुदैन

मृत्युको कुनै आहत हुदैन

मृत्युको कुनै सिमा हुदैन अनि

मृत्युको कुनै कवच पनि हुदैन |||

ईति |||

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु