
![]() |
Page added on December 27, 2010
वािशंटन डिसी २३ डिसेम्वर
गत जुलाईमा सम्पन्न एएनएको वार्षिक भेलाको सम्पूर्ण हिसाव सम्मेलन अध्यक्ष र कोषाध्यक्षले समयमा नवुझाएकोले सिर्जना भएको एएनएको संकट अझसम्म्ा गहिरिने क्रम जारी छ यद्यपि समाधानका लक्षण पनि देखिन थालेका छन् ।
कन्भेन्सनकॊ हिसाव कितावको संकटले गत निर्वाचनको तुष तथा व्यक्तित्व टकरावको नीजि प्रकारको जुँगाको लडाईंसम्म्ा स्थिति पुगेको थियो । स्पष्टसँग लाँछनाहरु यत्रतत्र छरिए पनि समाधान निकाल्ने भन्दा चर्काउने काम र एएनएको प्रतिष्ठाको लागि भन्दै एएनएको प्रतिष्ठा धूलधूसरित पार्नेहरु वढी देखिए ।
व्दन्व्दको चर्को रुप तव देखियो जव एएनएका निर्वाचित पदाधिकारीहरुलाई पाखा लगाएर तदर्थ समिति वनाइयो र निर्वाचित अधिकारीहरुले त्यसलाई गैर वैधानिक भन्दै मान्यता दिएनन् ।
यो समाचार लेख्दासम्म तदर्थ समितिले वोष्टन सम्मेलनको हिसाव किताव जाँच गर्ने समितिको सुझाव कार्यान्वयनका लागि छेवाड०् शेर्पा लामालाई संयोजक वनाएर अगाडि सार्यो । तर लामाले वकिलसँग परामर्श गरेपछि एएनएका निर्वाचित अध्यक्षवाट नियुक्त भए मात्र वैधानिक हुने भनी एएनएका अध्यक्षवाट नियुक्त हुन अगाडि वढे । एएनएका अध्यक्षले उनलाई नियुक्त गरेपछि अव तदर्थ समितिको वैधानिकता र औचित्य दुवै समाप्त भएको छ ।
एएनएको जानकार श्रोत अनुसार ८६ हजार घाटा भनिए पनि त्यति घाटा छैन र तिर्नुपर्ने रकमलाई कम गर्न सकिने प्रशस्त ठाउँ छ । सम्मेलन गरिएको पार्क प्लाजा होटललाई सम्झौता गरी रकम भूक्तान गरेपछि र ग्रेटर वोष्टन नेपाली कम्युनिटीले सम्झौता मुताविक ३० प्रतिशत घाटा व्यहोरेपछि एएनएको दायित्व ३८ हजार जति हुने वताइन्छ ।
विगतमा एएनए र एनआरएन वीच निकै ठूलो व्दन्व्द हुँदा पनि निकै सुझवुझकासाथ सम्झौताको मोडमा पुर्याएर छेवाड०् शेर्पा लामाले नेपाली समाजमा पुर्याएको योगदान याद गर्नेहरुको रायमा वोष्टन कन्भेन्सन काण्डलाई पनि उनले सहज ढँगले समाधानको वाटोमा लाने विश्वास व्यक्त गर्दछन् । अझ वकिलको सल्लाह र वैधानिक हिसावले काम गर्ने उनको अडानले यसलाई विश्वस्त गर्दछ ।
वास्तवमा वोस्टन सम्मेलन काण्डले एएनएको नियमित कि्रयाकलापमा परेको असरप्रति नेपाली जन समुदाय चिन्तित रहेको पाइएको छ ।
(From VISHWAPARIKRAMA Fortnightly)
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु