
![]() |
Page added on November 11, 2010
१० नोभेम्वरवािशंटन डिसी
माननीय पर्यटन मन्त्री श्री शरद िसंह भण्डारीले आज साझ नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा
विश्व प्रसिद्ध साहसिक पद यात्री तथा सगरमाथा आरोही अमेरिकी नागरिक सिन वर्चलाई नेपाल पर्यटन वर्ष २०११
को सद्भावना राजदूतको पदमा नियुक्ति गरिएको पत्र हस्तान्तरण गर्नुभयो ।
धेरै विषयमा गिन्नेस वुकमामा विश्व कीर्तिमान कायम गर्नु भएका श्री सिन वर्चले सन् २००३ को मे
महिनामा सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । वहाले नेपालको पूर्व इलाम देखि पश्चिममा हुम्ला
जिल्लाको हिल्सा सम्म हिमाली सृखलाको २००० कि।मी १२५० माईल दुरी पैदल यात्रा ४९ दिन ६ घण्टा ८
मिनटमा पुरा गर्नु भएको थियो । यस अघिका साहसिक यात्रीलाई सो दुरी पुरा गर्न ६८ दिन लागेको देखिन्छ ।
उक्त अवसरमा पर्वतारोही तथा साहसिक पदयात्री श्री सिन वर्चलाई पर्वतारोहण तथा साहसिक पदयात्राबाट ने
पाललाई परिचय गराउने कार्यमा योगदान पुरय्ाउनु भएकोमा माननीय पर्यटन मन्त्री महामहिम राजदूतज्यू
लगायत अन्य महानुभावहरुले वहाप्रति सम्मानभाव व्यक्त गर्दै हार्दिक वधाई एवं धन्यवाद ब्यक्त गर्नु
भएको थियो ।
श्री वर्चले सम्मानित भएको खुशी ब्यक्त गर्नुभयो । वहाले नेपाल र नेपाली जनाताप्रति ठूलो सद्भाव
ब्यक्त गर्दै पर्यटकहरुलाई नेपालमा ठूलो सम्मान गरिने र उनीहरु सुरक्षित भएको महसूस गरी घुम्न सक्दछन्
भन्नुभयो । श्री वर्चले नेपालप्रतिको सद्भाव सधैभरी रहरिहने र भविश्यमा पनि निरन्तर रुपमा नेपालको भ्रमण
गरिरहने कुरा वताउनु भयो ।
उक्त अवसरमा महामहिम राजदुत श्री शंकर प्रसाद शर्मा र पदयात्री श्री सिन वर्चकी पत्नी वि्रया वर्च
लगायत राजदूतावासका पदाधिकारीहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु