Page added on November 3, 2010

Email this to a friendEmail This Post Email This Post                     

बाल्टिमोरमा दशैं तिहार शुभकामना साँझ

बाल्टिमोरमा दशैं तिहार शुभकामना साँझ thumbnail

१ नोभेम्वर २०१० ।
बाल्टिमोरअमेरिका । विजयादशमी एवं शुभ दीपावली २०६७ को अवसर पारेर बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बानाले यहाँ शुभकामना साँझ कार्यक्रम आयोजना गरेको छ । आइतवार आयोजित शुभकामना साँझ कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्माले गर्नुभएको थियो । बानाले गरेका सामुदायिक हितका कार्यहरुको प्रशंसा गर्दै राजदूत शर्माले संस्थाको नेपाली भाषा कक्षा साचालन कार्य सह्राहनीय प्रयास हो भन्नुभयो । उहाँले विदेशमा आफ्नो भाषा र संस्कृतिको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
बानाकी अध्यक्ष रबिना थापाको सभापतित्वमा भएको शुभकामना साँझको पहिलो सत्रको औपचारिक कार्यक्रममा उपाध्यक्ष रामप्रकाश भण्डारीले सबैलाई स्वागत गर्दै बानाका गतिविधिहरुका बारे चर्चा गर्नुभएको थियो । यसैगरी नेपाली भाषा कक्षाका संयोजक डाक्टर श्याम कार्की र सदस्य विनोद उप्रेतीले भाषा कक्षाका बारे जानकारी गराउनु भएको थियो ।

बानाका महासचिव गौतम दाहालले साचालन गरेको कार्यक्रममा धन्यवादसहित औपचारिक सत्रको विसर्जन गर्दै अध्यक्ष रबिना थापाले आफ्नो कार्यकालमा भईरहेका कार्यहरु बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा एएनएसका नवनिर्वाचित अध्यक्ष नगेन्द्र पौडेललाई प्रमुख अतिथि राजदूत डाक्टर शर्माअध्यक्ष रबिना थापा र बानाका संस्थापक तथा आजीवन सदस्यहरुका तर्फबाट नारायण थापाले खादा पहिर्याई बधाई ज्ञापन गरेका थिए । यसैगरी अध्यक्ष थापाले बानाका साधारण सदस्य डिजेडी दिनेश गुरुङलाई बानाको आजीवन सदस्यता समेत प्रदान गर्नुभएको थियो । यसैगरी बानाले ग्लोब नेपाल डट कम तथा नेपालमाच रेडियोसहित विश्वपरिक्रमा खबरपत्रिकाडिसी नेपाल डट कम नेप्रक्स डट कम रेडियो दोभान र नेपाल होराइजन्स डट कमलाई प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।
कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिबानाका सदस्यहरु र बाल्टिमोरमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।


शुभकामना साँझको दोश्रो सत्रमा बाना नेपाली भाषा कक्षाका विद्यार्थीहरुस्थानीय प्रतिभा र बाल्टिमोरमा रहेका कलाकारहरुले विभिन्न गीत तथा नृत्यबाट मनोराजन दिलाएका थिए । सांगीतिक कार्यक्रमको संयोजन बाना कार्य समिति सदस्य अन्सुया वन्तले गर्नुभएको थियो ।


कलाकारहरु रतन सुवेदीसाजीप प्रधानसरिश्मा अमात्यएाजेल्स ब्याण्डका राजु लामा नायक रमेश उप्रेती लगायतले मनोराजन दिलाएका थिए भने अन्तमा डिजेडीले डिजेमा सहभागीहरुलाई नचाएका थिए ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु