
![]() |
Page added on November 14, 2010
१३ नोभेम्वर मेरिल्याण्ड।
नेपाल पासा पुच अमेरिकायको १९औं न्हूँदया भिन्तुना कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकर सर्माले कलात्मक पानसमा वत्ती वालेर विधिवत् उद्घाटन गर्नु भयो ।
उद्घाटनपछि समारोहलाई सम्वोधन गर्दै नेपालको जातीय संस्कृति नेवारी संस्कृतिको जगेर्ना गर्न पासापुचले गरेको योगदानको प्रशंसा गर्दै यस्तो कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो ।
See video NPPA Bhintuna Program
सो औपचारिक मँचको कार्यक्रमअघि गणेश पूजा गरिएको थियो र नेवारी परम्परागत खाजा समयवजी खाने काम भएको थियो ।
औपचारिक कार्यक्रमलाई मेरिल्याण्ड तथा पे_िन्सलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत लोक गायक प्रेमराजा महतले सम्वोधन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको शुरुमा पासापुचका अध्यक्ष लक्ष्मण प्रधानले स्वागत मन्तव्य प्रस्तुत गर्दै संस्थाको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा एनओएका अध्यक्ष राजेश श्रेष्ठ एएनएका अध्यक्ष सिमोन ढुँगानाएएनएसका निवर्तमान अध्यक्ष खेम भट्टचन तथा नववर्िाचित अध्यक्ष नगेन्द्र पौडेल एनआरएन नर्थ अमेरिकाका मेडिया कोअर्डिनेटर राम खरेल वरिष्ठ समाजका अध्यक्ष राम मालाकार एन्वाका अध्यक्ष विष्णु थापा वानाका अध्यक्ष रविना थापाले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख वक्त डा। महेश्वर वैद्यले नेपाल संवत्को विषयमा प्रकाश पार्नु भएको थियो ।
सरोज प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको संचालन मन्जिमा महर्जनले गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो सत्त साँस्कृतिक कार्यक्रमको शुरुवात सामुहिक वुद्ध भजन पस्तुत गरिएको थियो । त्यसपछि सहारा श्रेष्ठ र कुति श्रेष्ठको नृत्य यमन श्रेष्ठको गीत पियुष घिमिरेको नृत्य आस्था श्रेष्ठको गीत सरष्मा अमात्य प्रेमराजा महत को गीत श्रेया दाहाल तथा स्वेतिका दाहालको नृत्य सैजिव प्रधानको गीत सरानाश्रेष्ठ धीरज श्रेष्ठ तथा स्वीकार श्रेष्ठको नृत्य तथा अन्तमा कर्णदासका कणपि्रय गीतहरु थप आकर्षण थिए ।
सोही समारोहमा डा। महेश्वर वैद्यलाई उहाँले पुर्याउनु भएको योगदानको कदरस्वरुप सम्मानपत्र प्रदान गरिएको थियो भने संस्थाका नयाँ संरक्षक तथा आजिवन सदस्यहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
साँस्कृतिक कार्यक्रमको अन्तिम प्रस्तुति वानाका तर्फवाट रमाइलो नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्तिम दुइ आकर्षण नेवारी खानाका परिकारको भोज तथा राफल चिट्ठा रहेको थियो ।
प्रस्तुत छन् कार्यक्रमको तस्वीरमय झलक ।























वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु