Page added on November 5, 2010

Email this to a friendEmail This Post Email This Post                     

डिसी नेपाली दूतावासमा नेपाली साँस्कृतिक कार्यक्रम

डिसी नेपाली दूतावासमा नेपाली साँस्कृतिक कार्यक्रम thumbnail

 

४ नोभेम्वर वािशंटन डिसी
अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले राजदूत निवासमा एक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभयो ।


विशेष गरी अमेरिकी र गैर नेपालीका लागि प्रस्तुत गरिएको सो कार्यक्रममा स्टेट डिपार्टमेण्टका अधिकारीहरु नेपालसंग सम्वद्ध अमेरिकी निकायका तथा विश्व वैंकका नेपालसम्वद्ध अधिकारीहरु उपस्थित थिए ।
कार्यक्रमको शुरुमा राजदूत शर्माले नेपाली संस्कृतिको विशेषताको विषयमा संक्षिप्त चर्चा गर्दै अतिथिहरुको स्वगत गर्नुभएको थियो ।
सो अवसरमा कलाकार श्याम खड्गीले मन्जश्री नृत्य रुवी श्रेष्ठले मालश्री धून अनुपमा प्रसाईंले कुारी नृत्य रोजी श्रेष्ठ स्योना तुलाधर तथा मोनिक राजभण्डारीले नेवारी नृत्य श्रीतिका दाहाल तथा श्रेयस्का दाहालले तामाँग सेलो अनु वन्तले मुजुरा नृत्य स्वीकृति श्रेष्ठले नेवारी नृत्य तथा श्ाम खड्गी तथा गीता सुवेदीले टप्पा नृत्य प्रस्तुत गरेका थिए ।


कार्यक्रममा कलाकार सवैलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको थियो ।

नेपाली खानाका परिकारहरु सेल रोटी अचार तथा नेपाली खानाले पाहुनाको आतिथ्य गरिएको थियो । नेपालसंग सरोकार राख्ने नेपाली पनि वोल्ने तथा नेपाल गएर आएका पाहुनाहरु सो कार्यक्रमले
अत्यन्त प्रभावित भएका देखिन्थे ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु