
![]() |
Page added on October 20, 2010
१८ अक्टोवर वािशंटन डिसी
भूतपूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली जोन हप्किन्स विश्वविद्यालयको दक्षिण एशिया अध्ययन विभागले आयोजना गरेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रममा नेपालको हालको राजनितिक अन्यौल शान्ति प्रकृया संविधान निर्माणको अवस्था र ३ महिनाभन्दा वढी समयदेखि नयाँ सरकार वन्न नसकेको विषयमा आफ्नो धारणा राख्नु भयो । उहाँले मूलत माओवादीको हतियार प्रेम र हतियार र िहंसाले नै राज्यसत्ताा कव्जा गर्ने धारणा विद्यमान रहेकोले यो अवस्था आएको वताउनु हुँदै आजको विश्वमा प्रजातन्त्रको विकल्प नरहेको वताउनु भयो । एक सहभागी अमेरिकीले ६० हजार भूटानी शरणार्थी पुनस्र्थापना गर्न सक्ने अमेरिकाले १९ हजार लडाकु पुनस्र्थापना गरे समस्या समाधान हुन्छ कि भनेर जिज्ञासा राख्दा नेता ओलीले ती १९ हजार त ठीक हुन्छन् यहाँको व्यस्त जीवनमा क्यै गर्ने फूस्रत हुन्न तर माओवादीको सोच परिवर्तन नभएसम्म समस्याको जड रहिरहने वताउनु भयो ।
कार्यक्रमको शुरुमा नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नेता ओलीको परिचय दिनु भएको थियो भने आफ्ना जिज्ञासा सहित प्रोफेसर वाल्टर एण्डरसनले कार्यक्रम संचालन गर्नु भएको थियो ।
For Photos Click Here http://www.flixya.com/photos/u/gggprerana/b
नेता ओली यस अघि ९ अक्टोवर दिउँसो डिसी मेट्रो क्षेत्रका ९ संस्थाहरुले आयोजना गर्नु भएको अन्तरकृयामा समेत सहभागी हुनु भएको थियो भने सोही साँझ अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले आयोजना गर्नु भएको रात्री भोजमा समेत
सम्मिलित हुनुहुन्यो । ती दुवै अवसरमा उहाँले समसामयिक राजनीति विषयमा विभिन्न जिज्ञासाको जवाफ दिनु भएको थियो ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु